• Monday, June 09, 2025

विमानस्थलबाट आयात निर्यात ठप्प

nepal-airportविश्वास रेग्मी / काठमाडौँ, चैत २ गते । सहमतिविपरीत एकतर्फी रूपमा कार्गो शुल्क वृद्धि गरेको आरोप लगाउँदै व्यवसायीहरूले विहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने आयात निर्यात ठप्प पारेका छन् । कार्गो शुल्क निर्धारणका लागि गठन गरिएको समितिको सुझावलाई बेवास्ता गर्दै नयाँ शुल्क निर्धारण गरिएकोले आयात निर्यात रोकिएको उनीहरूको दाबी छ ।

विमानस्थलमा कार्गो व्यवस्थापनको जिम्मा पाएको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले बुधबार एक सूचना प्रकाशित गरेर शुल्क वृद्धि भएको जनाएको थियो । बिहीबारदेखि वृद्धि भएको शुल्क कार्यान्वयनमा आउने सूचनामा उल्लेख भए पनि कार्गो व्यवसायमा संलग्न व्यवसायीले उक्त निर्णय नमान्ने घोषणा गरेका हुन् ।

कार्गो व्यवसायमा संलग्न दसवटा विभिन्न सङ्घ, संस्थाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै समितिले गत वैशाखमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको संशोधित दर कार्यान्वयन नभएसम्म र बुधबार बढाइएको शुल्क फिर्ता नभएसम्म विमानस्थल भन्सार कार्यालयमा हुने आयात निर्यात ठप्प पार्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा यसको समाधानका लागि उक्त समितिका पदाधिकारी तथा सम्बन्धित सबै निकायबीच वार्ता हुनुपर्ने माग गरिएको छ । गत वैशाखमा पनि कार्गो शुल्क बढाउने निर्णयको विरोधमा व्यवसायीले आयात निर्यात ठप्प पारेका थिए । त्यसको समाधानका लागि प्राधिकरणका शुकचन्द्र झाको नेतृत्वमा व्यवसायी सम्मिलित छ सदस्यीय समिति गठन गरिएको थियो । समितिले भन्सार दरको संशोधनको सुझाव प्राधिकरणलाई पेस गरेको थियो । सोही सुझाव अनुसार नै भन्सार शुल्क कायम हुनुपर्ने भन्दै व्यवसायीले आयात निर्यात ठप्प पारिएको जनाएका छन् ।

व्यापारको महìवपूर्ण हिस्सा आयातमा निर्भर रहेको नेपाल जस्तो देशमा निर्यात शुल्क पनि अत्यधिक वृद्धि हुनु गलत भएको नेपाल फ्रेट फरबार्ड एसोसिएसनका अध्यक्ष प्रकाश कार्कीले बताउनुभयो । एक हजार प्रतिशतसम्म शुल्क वृद्धि भएको छ, उहाँले भन्नुभयो यस्तै समस्या समाधान गर्न गठन गरेको समितिको सुझाव बेवास्ता गरेर कम्पनीले एक पक्षीय रूपमा गरेको निर्णय मान्य छैन । शुल्क वृद्धि नघटेसम्म विमानस्थलको आयात निर्यात ठप्प रहने उहाँले जानकारी दिनुभयो । हामीलाई जानकारी नदिई एकाएक रातिमा छापामार शैलीमा उक्त सूचना जारी गरिएको छ, उहाँले भन्नुभयो । मूल्य संशोधन गर्ने मुख्य निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वकर्ता नै नभएको बेलामा यस्तो निर्णय हुनु गलत भएको उहाँले बताउनुभयो ।

पारवहन कम्पनीले भने विमानस्थल जुन शुल्क कार्यान्वयनका लागि निर्देशन दिन्छ त्यसैलाई कार्यान्वयन गर्ने जनाएको छ । हामी विमानस्थल मातहतको संस्था हौँ, कम्पनीका सूचना अधिकारी पे्रमराज भण्डारीले भन्नुभयो, विमानस्थलले घटाउन निर्देशन दिएको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न पनि हामीलाई आपत्ति छैन । विमानस्थलको निर्देशन अनुसार बाध्य भएर सूचना जारी गरेको उहाँले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता पे्रमनाथ ठाकुरले विमानस्थल सेवा शुल्क दस्तुर अनुसार नै शुल्क निर्धारण गरिएको बताउनुभयो । मन्त्रालयबाट समितिले पेस गरेको संशोधित दरको विषयमा कुनै निर्णय नआएको र पुरानो दरको समय पूरा भइसकेकोले नयाँ शुल्क तोकिएको उहाँले बताउनुभयो ।

मन्त्रालयले जस्तो निर्णय गरेर पठाउँछ हामी फेरि त्यही शुल्क लागू गर्छौं, उहाँले भन्नुभयो । २०६१ सालमा शुल्क तोकिए पनि त्यसयता वृद्धि नभएको उहाँले जानकारी दिनुभयो । १५ पैसालाई एक दशकको समयमा जम्मा दुई रुपियाँ पु¥याउँदा पनि यसबारे हजार प्रतिशत वृद्धि भयो भनेर उहाँहरूले त्यसै ठूलो बनाउनु भएको छ, उहाँले भन्नुभयो ।

कम्पनीले साधारण मालसमान निर्यात गर्दा प्रतिकिलो दुई रुपियाँ २५ पैसा अथवा दुई सय रुपियाँमध्य जुन बढी हुन्छ त्यही दर कायम गर्ने जनाएको छ । त्यस्तै साधारण मालसामान आयात गर्दा प्रतिकिलो पाँच रुपियाँ २५ पैसा वा एक सय रुपियाँमध्य जुन बढी हुन्छ त्यसैलाई आधार मानिनेछ ।

बहुमूल्य वस्तुको निर्यातमा प्रतिकिलो तीन रुपियाँ वा तीन सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही र आयातमा प्रतिकिलो आठ रुपियाँ वा दुई सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही दर तोकिएको छ । नासवान वस्तुको निर्यातमा प्रतिकिलो तीन रुपियाँ वा तीन सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही र आयातमा प्रतिकिलो आठ रुपियाँ वा दुई सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही दर निर्धारण गरिएको छ ।

कुरियर ब्याग, कुरियर पार्सल र एक्सपे्रस कार्गो निर्यात गर्दा प्रतिकिलो पाँच रुपियाँ वा एक सय रुपियाँमध्य जुन बढी त्यही र आयातमा प्रतिकिलो पाँच रुपियाँ वा दुई सय रुपियाँमध्य जुन बढी हुन्छ त्यही दर कायम हुने कम्पनीले जनाएको छ । यो शुल्कको विरोधमा नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्यात परिषद्, फेल्ट एसोसिएसन, पे्रmट फरवार्ड एसोसिएसन, भन्सार एजेन्ट महासङ्घ, भन्सार एजेन्ट सङ्घ, कुरियर एसोसिएसन, जडीबुटी उत्पादन तथा निकासी सङ्घ, गार्मेन्ट एसोसिएसन नेपाल र कार्पेट एसोसिएसनले विज्ञप्ति जारी गर्दै आयात निर्यात ठप्प पार्ने घोषणा गरेका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter