• Wednesday, June 11, 2025

प्रमको चीन भ्रमणमा अलैँची निकासी बारेमा छलफल होस – योगेश भट्टराई

Yogesh-Bhattarai-05

काठमाडौँ, जेठ ३० गते । नेकपाका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैँची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बुधाबारको बैठकमा बोल्दै अहिले १० अर्ब रुपैया बराबरको अलैची निकाय गर्न सकिने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “नेपालको वैदेशिक घाटा धेरै छ, त्यसलाई कम गर्न मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैँचीको बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।”

ताप्लेजुङलाई अलैँचीको सुपर जोन घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्यसम्म पाउन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “बगंलादेशसँग कुराकानी गरेर अलैँचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु । अहिले भुटान हुँदै बंगलादेश पुग्ने गरेको अलैँचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सीधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैँचीकोे ठूलो बजार बंगलादेश हुन सक्छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उहाँले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्र्दै भन्नुभयो, “ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गर्नुभयो ।  (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter