• Wednesday, June 11, 2025

सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने आयुक्त बाँस्कोटाको भनाइ

NIC Chief Baskotaभक्तपुर, असार ७ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आम नागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहजरुपमा सूचना उपलब्ध गराउने वातावराण मिलाउन सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहजरूपमा सूचना प्रदान गर्नका लागि संयन्त्र बनाउन निर्देशन दिने जानकारी गराउनुभयो ।

सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं)ले सूचनाको हकका बारेमा गाउँगाउँका र तल्लो तहका नागरिकसम्मलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै नागरिकले सूचनाको हकअधिकारका बारेमा जानकारी नपाएसम्म सूचना मागको औचित्य नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यद्वय भगवती थापा र लक्ष्मी गारुलाई सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter