• Thursday, June 12, 2025

तितेकरेलाबाट मासिक १५ लाख आम्दानी

Karelaभैरहवा, भदौ १७ गते । तिते करेलाको व्यावसायिक खेतीबाट रूपन्देहीका किसानले लाखौँ आम्दानी गरेका छन् । बर्सेनि अर्बौं रुपियाँको तरकारी भारतबाट आयात भइरहेको अवस्थामा रूपन्देहीको शुद्धोदन गाउँपालिका–३ सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले तरकारीमा स्वदेशमै आत्मनिर्भर बन्न सकिने नमुनासमेत प्रस्तुत गर्नुभएको छ ।

खनालले तीन बिघामा र अधिकारीले एक बिघामा छुट््टाछुट्टै गरी चार बिघा खेतमा तिते करेला खेती गरिरहनुभएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाका अनुसार यो परिमाणमा करेला खेती भएको प्रदेशमै पहिलो हो ।

कृषक अधिकारीका अनुसार एक बिघा खेतमा करेला खेती गर्न सरदर पाँच–सात लाख रुपियाँ खर्च हुन्छ । करेला लगाएको दुई महिनामा उत्पादन सुरु हुन्छ र तीन महिनासम्म लगातार उत्पादन भइरहन्छ । तीन महिनामा ४५ लाख रुपियाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको अधिकारीले जानकारी दिनुभयो । अहिले दिनमा दस क्विन्टल उत्पादन भइरहेको छ, प्रतिकिलो न्यूनतम ५० रुपियाँका दरले बिक्री हुन्छ, उहाँले भन्नुभयो । एक बिघा खेतबाट कम्तीमा १५ लाख रुपियाँको करेला बेच्न सकिने अधिकारीले बताउनुभयो । करेलासँगै काँक्रा र सिमीसमेत लगाउन सकिने भएकाले त्यसबाट अतिरिक्त आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

जाडो महिनाबाहेक अरू महिना जुनसुकै मौसममा करेला खेती गर्न सकिँदो रहेछ, तीन महिनामा एक बिघामा तीन सय क्विन्टलसम्म फलाउन र पाँच देखि सात लाख कमाउन सकिँदोरहेछ, अधिकारीले भन्नुभयो, वर्षमा एक बिघा करेला खेतीबाट कम्तीमा दस लाख कमाइ हुन्छ । हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तिते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अधिकारीको गुनासो छ । उत्पादित करेला बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रमा बिक्री हुने गरेको छ ।

पहिलोपटक सुरु गरेको तिते करेला खेतीबाट उत्साहित अधिकारी थप जग्गामा पनि करेला खेती गर्ने सोचमा हुनुहुन्छ । शुद्धोधनकै अर्का किसान प्रकाश खनालले तीन महिनामा न्यूनतम ४५ लाख रुपियाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको बताउनुभयो । सरकारले स्वदेशी उत्पादनको बजारीकरण र उचित मूल्यका लागि सानो सहयोग मात्रै गर्ने हो भने किसानहरू अझै उत्साहित हुन्छन्, उहाँले भन्नुभयो ।

हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तिते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने खनालको गुनासो छ । अहिले रूपन्देहीमा तिते करेलाको बजार मूल्य सरदर ८० रुपियाँ प्रतिकेजी छ । बेमौसमी खेती भएकाले तिते करेलाको माग र मूल्य दुवै राम्रो हुन्छ । चाडपर्वको सिजन सुरु भएकाले दसैँ–तिहारसम्म नै तिते करेलाको माग हुने गर्छ । अहिले अचार बनाउन प्रयोग हुने तिते करेला सबै भारतबाट आयात हुने गरेकाले उत्पादन बढाउन सके आचारका लागि पनि स्वदेशकै करेला खपत हुनसक्ने खनालको भनाइ छ ।

खनालले अर्को वर्षदेखि आफ्नो करेला पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गर्ने योजनामा रहेको बताउनुभयो । सरकारले तरकारी र अन्य कृषि उत्पादन बढाउन भारतले जस्तै मलखाद, बीउ बिजन, सिँचाइ, ट्याक्टर खरिद आदिमा भारी मात्रामा अनुदान दिनुपर्ने खनालको माग छ । त्यसो नगर्दासम्म नेपाली किसानले जति प्रयास गरे पनि प्रतिस्पर्धा गर्न कठिन हुन्छ र कृषि पेसा दीर्घकालीन हुन सक्दैन, उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter