• Saturday, June 14, 2025

समृद्धिका लागि एकाकार आवश्यक छ : मन्त्री अधिकारी

RabindraAdhikariपोखरा, कात्तिक ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नं २ द्वारा आज पोखरामा विजयादशमी, दीपावलीलगायतका विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संस्कृति तथा पर्वले एक आपसमा पुनर्मिलन र मेलमिलापको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

सङ्घीयताको मर्मअनुसार तीनवटै तहका कानून निर्माणमा वर्तमान सरकार लागि परेको बताउँदै उहाँले जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमबाट काम अघि बढाउन लागिएको उल्लेख गर्नुभयो ।

नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्ने सक्ने किसिमको बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले यस बीचमा अन्तर्राष्ट्रिय विमानस्थल २४सैँ घण्टा सञ्चालनमा ल्याई सकिएको बताउनुभयो ।

तोकिएकै समयभन्दा अघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले गौतमबुद्ध विमानस्थल आगामी छ महीनाभित्रमा सञ्चालनमा आउने जानकारी दिनुभयो ।

अभाव एवं गरीबीपन हटाउँदै समृद्धितर्फ अघि बढाउन सरकार लागेकोमा जोड दिँदै उहाँले विकासका लागि सबै एकाकार हुनुको विकल्प नभएको बताउनुभयो ।

दिगो विकासले लोकप्रियता हासिल गर्ने लक्ष्य रहेको बताउँदै उहाँले यस बीचमा १५० कानून, ३०० संशोधनका साथै प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ सरकार उन्मुख बनेको उल्लेख गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनका अवसरमा पार्टीले गरेका प्रतिबद्धता पूरा गर्न सरकार कटिबद्ध रहेको बताउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा कास्की संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, संयन्त्र सदस्यद्वय युवराज पौडेलले र विश्वप्रकाश लामिछानेले निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुसार सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter