• Thursday, June 12, 2025

एशिया प्रशान्त सम्मेलनः ४० देशका युवा अनुभव आदानप्रदान गर्दैै

Asia Pacific Summitकाठमाडौँ, काठमाडौँ, मङ्सिर १६ गते । विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् ।

एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव आदानप्रदान गर्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विश्व शान्ति र समृद्धिका लागि युवा वर्गले योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “परिवार र समाजमा युवाको ठूलो दायित्व छ, युवा वर्गले विगतलाई सुरक्षित, वर्तमानलाई सुन्दर र भविष्यलाई सिर्जनशील बनाउनुपर्छ ।”

विश्व शान्तिका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा युवालाई सक्षम बनाइनु पर्नेमा जोड दिनुभयो । संस्कृति मानवीयताको प्रमुख आधारस्तभका रुपमा रहेको चर्चा गर्दै उहाँले योग्यता र अनुभवको साझेदारीले एकापसमा जोड्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने जानकारी गराउँदै उहाँले एशिया प्रशान्त सम्मेलनमा सहभागीले आ–आफ्नो मुलुकमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो ।

वाइएसपी नेपालका अध्यक्ष प्रकाशबाबु थापाले दिगो शान्ति स्थापनाका लागि युवा तथा विद्यार्थीको ठूलो भूमिका हुने उल्लेख गर्दै विश्वलाई सुन्दर बनाउने जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो ।

सो अवसरमा सुविन भट्टराई, मन्दिरा रावत थापा, युवराज चौलागाईं, प्रताप दास, सुदीपकुमार कार्की, गणपतिलाल श्रेष्ठ, शङ्करकुमार प्रधान, अर्जुन अधिकारी, तुलसीराम पाण्डे, रवीन्द्र थापा र राज सागरलाई ‘युथ एम्बेसडर फर पिस’ उपाधिले सम्मान गरिएको थियो ।

कार्यक्रममा युथ लिडरशिप ट्रेनिङ (वाइटिआई) इन्टरनेशनलका सदस्यले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा १२० विदेशीसहित करीब ३०० युवा तथा विद्यार्थी सहभागी भएका छन् । नेपालका तर्फबाट सातै प्रदेशबाट १०÷१० जनाका दरले प्रतिनिधित्व गरिएको छ । सो अवसरमा राष्ट्रिय अवार्ड विजेताले युवा अधिकार र दायित्वका बारेमा प्रवचन दिने वाइएसपी नेपाल अध्यक्ष थापाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter