• Sunday, May 25, 2025

अकबरे खुर्सानी बेचेर दुई लाख आम्दानी

Akabare Khursaniकुश्मा, मङ्सिर २१ गते । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहनुभएको हो ।

आठ रोपनी जमीनमा खुर्सानी लगाउनुभएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल हुनुभएको छ । उहाँले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताउनुभयो । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उहाँको योजना छ ।

गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो । पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयान हुनेक्रम घट्दै गएको छ ।

खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गर्नुभएको छ । अहिले अकबरे खुर्सानी मात्र लगाउनुभएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्ने बताउनुभयो । यसका लागि उहाँले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसक्नुभएको छ ।

युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला– ५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान शुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दैछ । यो खुशीको कुरा हो ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter