• Tuesday, June 10, 2025

‘मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं’

President Houseकाठमाडौँ, पुस ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी हुनुहुन्थ्यो । सो अवसरमा ती संस्थाका नेतृत्वले सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगमा आआफ्नो निकायको उचित प्रतिनिधित्व नभएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रपतिले भण्डारीले मुलकको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका अहं भएकाले आगामी दिनमा सरकारले निजी क्षेत्रसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभएको छलफलमा सहभागी हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । “सार्वजानिक र निजी क्षेत्रको सहकार्यबाट मात्र शैक्षिक उन्नयन हुन्छ । यस कुरालाई सरकारले ध्यान दिनुपर्छ ”, उहाँले भन्नुभयो ।

छलफलमा सहभागी एनप्साब्सनका पूर्वअध्यक्ष गीता राणाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभयो । हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक शिक्षामा लगानीअनुरुप प्रतिफल किन आएन भन्ने विषयमा गहन अध्ययन गरेर मात्र निजी क्षेत्र शैक्षिक संस्थासित तुलना गर्न आवश्यक छ भन्नुभयो । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं रहेको विषयमा राष्ट्रपतिसित छलफल भएको जानकारी दिनुभयो । (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी हुनुहुन्थ्यो । सो अवसरमा ती संस्थाका नेतृत्वले सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगमा आआफ्नो निकायको उचित प्रतिनिधित्व नभएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रपतिले भण्डारीले मुलकको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका अहं भएकाले आगामी दिनमा सरकारले निजी क्षेत्रसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभएको छलफलमा सहभागी हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । “सार्वजानिक र निजी क्षेत्रको सहकार्यबाट मात्र शैक्षिक उन्नयन हुन्छ । यस कुरालाई सरकारले ध्यान दिनुपर्छ ”, उहाँले भन्नुभयो ।

छलफलमा सहभागी एनप्साब्सनका पूर्वअध्यक्ष गीता राणाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभयो । हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक शिक्षामा लगानीअनुरुप प्रतिफल किन आएन भन्ने विषयमा गहन अध्ययन गरेर मात्र निजी क्षेत्र शैक्षिक संस्थासित तुलना गर्न आवश्यक छ भन्नुभयो । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं रहेको विषयमा राष्ट्रपतिसित छलफल भएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter