• Saturday, May 24, 2025

घरेलु श्रममा रमाउँदै महिला श्रमिक

WOmen migrant workersललितपुर, पुस ८ गते । वैदेशिक रोजगारीमा गएका श्रीमान् फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थाल्नुभएको थियो ।

त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उहाँले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहनुभयो । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उहाँ श्रमिक सङ्गठनमा संलग्न हुनुभयो । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उहाँको अनुभव छ ।

धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उहाँ भने खुशी भएर स्वदेशमै काम गर्नुहुन्छ । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उहाँ सल्लाह दिनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।”

घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताउनुभयो । दिनभर काम गरे पनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनुपर्र्दैन । उहाँ एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्नुहुन्छ । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।”

विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आउनुभएको मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्नुहुन्छ । अरुको लहैलहैमा उहाँ साउदी अरब जाने योजना बनाउँदै हुनुहुन्थ्यो । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाउनुभयो ।

नजिकैका घरबाट बोलाएपछि उहाँ बिहान साँझ यो काम गर्न थाल्नुभयो । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्नुहुन्छ । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाउनुभएको छ । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।”

काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् ।

शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्नुहुन्छ । त्यस घरका श्रीमान्श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्काे विवाह गरेपछि उहाँले यो घरमा काम शुरु गर्नुभएको थियो ।

कतिपय महिला श्रीमान्लाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमान्ले अर्काे विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान्ले नकमाउँदा काममा लागेका छन् । श्रीमान्ले आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिगरिरहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter