• Tuesday, June 10, 2025

‘नेपालको भरपर्दो सहयोगी जापान’

flagकाठमाडौँ, पुस ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताउनुभएको छ ।

हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको रहेको बताउनुभयो ।

उहाँले नेपालको भौतिक पूर्वाधार, कृषि, शिक्षाका क्षेत्रमा जापानले विनासर्त सहयोग गरेको र नेपालको हितलाई केन्द्रमा राखेको उल्लेख गर्नुभयो । कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षमा दुई मुलुकबीच जनस्तरमा समेत सम्बन्ध विस्तार भएको भन्दै उहाँले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र जापानबीच स्वभावैले गहिरो भावनात्मक सम्बन्ध रहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले विपद् व्यवस्थापनमा जापान सरकारले भित्र्याएको प्रविधि र ज्ञान नेपालका लागि अनुरकणीय रहेको बताउनुभयो ।

नेपाल पनि प्राकृतिक विपद्को उच्च जोखिममा रहेको भन्दै उहाँले विपद्सँग जुध्न र त्यसको क्षति कम गर्न जापान सरकारले गरेको प्रयास उत्कृष्ठ र ग्राह्य हुने उल्लेख गर्नुभयो ।

गौतम बुद्धको जन्मस्थल रहेको नेपाल र बुद्ध धर्मावलम्बीको ठूलो हिस्सा रहेको जापानबीच शान्ति, भातृत्वका आधारमा पनि उच्चस्तरको सम्बन्ध रहेको बताउनुभयो । अध्यक्ष दाहालले युद्धको विभीषिका र शान्तिको महत्वका बारेमा जापान जानकार रहेको र विभिन्न अप्ठ्यारासँग जुध्दै सहकार्यका आधारमा समाज र विश्वलाई अगाडि बढाउन प्रयास गरेको विषय हाम्रा लागि पनि प्रेरणाप्रद छ भन्नुभयो ।

उहाँले आगामी दिनमा दुई देशको सम्बन्ध अझै प्रभावकारी भएर जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल र जापान सम्बन्धकमा विविधि आयामका बारेमा चर्चा गरिएको समाजका सचिव रामनाथ राईले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter