• Saturday, May 31, 2025

रोजगार सेवा केन्द्र स्थापनाको तयारी

gokarna-bistaपाल्पा, पुस २७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताउनुभयो । मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

महोत्सवमा २५० प्रदर्शनी कक्ष छन् । महोत्सव उद्घाटनपूर्व रामपुरको बेझाड बजारदेखि महोत्सवस्थलसम्म स्थानीय संस्कृति दशावतार बालन, लोकभजनको साथमा आमा समूह, महिला समूह गरी विभिन्न समूहको सहभागितामा ¥याली निकालिएको थियो । रामपुरलगायत कालीगण्डकी बेँसी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादन, स्थानीयका खानाका परिकार, संस्कृति, कृषि तथा पशुमेला प्रदर्शनीलाई प्राथमिकता दिने गरी महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।

राम्दीदेखि केलादीधाम र केलादी धामदेखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, कालीगण्डकीसँग जोडिएका रानीमहल, केलादीधाम, पुर्कोट, सत्यवती, गह्रौसुर, रम्भादेवी मन्दिर, रामघाट, सीताकुण्ड, झिरुवासको कबुलियती वन, नवलपुरको डेढगाउँमा रहेको अकलादेवीको मन्दिरलगायत आसपासका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन र प्याराग्लाइडिङ उडान महोत्सवका मुख्य आकर्षणका रुपमा रहेका छन् । रामपुरमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इण्डो नेपाल खुला पुरुष भलिबल प्रतियोगिता पनि हुँदैछ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि शुरु भएको महोत्सव आउँदो माघ ८ गतेसम्म चल्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter