• Monday, June 16, 2025

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

cow-shedरत्ननगर, माघ ४ गते । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।

दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्थ्यो । अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले उहाँहरूले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याउन लाग्नुभएको छ । अहिले रु ३६ करोडको लगानीमा गाई फार्मलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेती शुरु गरिएको छ । फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।”

केसीका अनुसार नेपालमा अहिलेसम्म अष्ट्रेलियन प्रविधिमा आधुनिक गाई फार्म सञ्चालनमा आएको छैन । फार्मले माडी नगरपालिका–१ पाण्डवनगरस्थित रिउखोलाको तिरमा स्थानीय व्यक्ति र स्थानीय सरकारको संरक्षणको ५०० हेक्टर उपयोगविहीन जमीनमा ‘साइलेज’ उत्पादन गर्न ३० वर्षका लागि नगरपालिकासँग सम्झौता गरेको छ ।

नेपालमा पाइने होलिस्टेन फ्रिजियन जातको गाईका २०० बाछी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरका व्यावसायिक गाई फार्मबाट खरिद गर्ने सञ्चालक केसीले जानकारी दिनुभयो । फार्मले ५०० स्थानीयवासीलाई रोजगारी दिने गाई फार्मका अर्का सञ्चालक सागर बगालेले बताउनुभयोे ।

उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भन्नुभयो, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।”

माडीलाई कृषि र पर्यटनमा व्यवस्थित गर्न अघि बढेका छौँ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो, “उपयोगविहीन सार्वजनिक जग्गा प्रयोगमा आउनु राम्रो कुरा हो । फार्मले घाँस लगाएपछि खेती गर्न छाडेका जमीनमा स्थानीय कृषकले पुनः खेती गर्ने वातावरण बनेको छ । यसबाट माडीवासी र नगरपालिकालाई प्रत्यक्ष फाइदा पुग्छ ।” उक्त फार्मले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

माडी दूधमा आत्मनिर्भर

छ वर्षअघि दैनिक २५० लिटर दूध उत्पादन हुने यहाँ हाल दैनिक पाँच हजार दूध उत्पादन हुन्छ । नेपाल दुग्ध विकास संस्थान ९डिडीसी० ले छ वर्षदेखि दूध खरिद गर्न थालेकाले यहाँका कृषकले व्यावसायिक रुपमा गाई, भैँसी पाल्न थालेका थिए । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष सूर्य भुसालका अनुसार ३५ भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्ने गरेका छन् । उत्पादित दूधलाई भण्डारण गर्न माडी–१ र ७ मा एक÷एक चिस्यान केन्द्र छन् ।

“माडीमा सात वर्षअघि व्यावसायिक गाई तथा भैँसीपालक कृषक थिएनन्,” अध्यक्ष भुसालले भन्नुभयो, “दुई वर्षदेखि व्यावसायिक गाई तथा भैँसीपालन शुरु भएको हो । अहिले एक जनाले ५० सम्म गाई, भैँसी पालेका छन् ।”

यहाँबाट दैनिक पाँच हजार लिटर बजारमा खपत हुन्छ । चार हजार लिटर दूध डिडीसीले खरिद गर्छ भने बाँकी एक हजार लिटर दूध स्थानीय बजारमै बिक्री हुन्छ । कृषकले दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले उनन्त जातका गाई तथा भैँसी पाल्न थालेका जानकारी दिँदै अध्यक्ष भुसालले भन्नुभयो, “डिडीसीले विभिन्न सङ्घसंस्थाका १२ सङ्कलन केन्द्रमार्फत दूध खरिद गर्छ । नगरपालिकाले यस वर्षदेखि डिडीसीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर रु तीनको दरले अनुदान दिने व्यवस्था गरेको छ ।”

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहित गर्न कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको पनि व्यवस्था गरेको छ । चितवन देशकै धेरै दूध उत्पादन गर्ने दोस्रो जिल्ला हो । हाल यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter