• Thursday, May 29, 2025

कृषिमा प्रभावकारी योजना निर्माण गर्नु आवश्यक ः मन्त्री खनाल; पशु विमाप्रति कृषक आकर्षण

Chakrapani Khanal Baldevनारायणपुर, माघ १० गते । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रभावकारी र व्यवहारिक योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ ।

मन्त्री खनालले नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको उल्लेख गर्दै मुलुकको ६६ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भए पनि यसको प्रभावकारी विकास हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । “दुई तिहाइ जनसङ्ख्या कृषिमा संलग्ता हँुदा पनि कृषि उपज बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ,” उहाँले भन्नुभयो, “आधुनिक प्रविधिसँग जोडेर कृषि क्षेत्रको विकास गर्न सकेमा विदेशिएका धेरै युवालाई स्वदेशमै रोजगार दिन सकिन्छ ।”

पशु विमाप्रति कृषक आकर्षण

मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नुभएको छ । परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनुभएका उहाँले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नुभएको हो । पराजुलीले भन्नुभयो, “गाउँमा पशुबिमा कार्यक्रम आएपछि निर्धक्कले गाई थप्दै गएँ, अहिले पाँच पुगे सबैको बिमा गरिसकेको छु ।”

एउटा गाई पालिरहनुभएका ज्याम्दीकै अर्का कृषक राजन पराजुलीले पनि हालै मात्र अर्को गाई थप्नुभएको छ । उहाँले भन्नुभयो, “पशुबिमा कार्यक्रमका कारण अरु गाईभैँसी थप्ने मन त छ, तर घरका काम गर्ने दुईजना मात्रै भएकाले अहिले सकिनँ ।”

गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको छु” स्थानीयवासी हरिप्रसाद पराजुलीले भन्नुभयो ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार बिमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्दछ । “पशुबिमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।

पशुबिमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ ।

पशुबिमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter