• Sunday, June 15, 2025

५२ प्रतिशत मुद्दा फछ्र्यौट

Justiceबलेवा, माघ १९ गते । बागलुङ जिल्ला अदालतले चालू आर्थिक वर्षको पहिलो छ महीनामा ५२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले वर्षभरि ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो ।

एक मात्र न्यायाधीश भएको उक्त अदालतमा दैनिक तीनदेखि सातसम्म मुद्दा फछ्र्यौट हुने गरेको छ । गत वर्षको जिम्मेवारी सरेका १४४ र चालू वर्ष थपिएका २३६ गरी ३८० मुद्दामा अहिले सम्म १९७ मुद्दा फछ्र्यौट भएको न्यायाधीश प्रकाशप्रसाद पण्डितले बताउनुभयो । “एक वर्ष काट्ने गरी कुनै पनि व्यक्तिले समय खर्चन नपरोस् भनेर काम गरेका छौँ”, उहाँले भन्नुभयोे, “बढीमा १८ महीना नाघेका कुनै पनि मुद्दा बाँकी नराख्ने लक्ष्य छ ।”

म्याद तामेलीसमेत गर्न नसक्दा जिल्लामा एउटा मुद्दा मात्र दुई वर्ष काटेको रहेको र यस्ता मुद्दामा तीन पटकसम्म म्याद तामेल गर्न नसके स्वतः उक्त पक्ष आएको मानेर निर्णय प्रक्रियामा जान सकिने न्यायाधीश पण्डितले बताउनुभयो । बा“की मुद्दामध्ये छ महीनाभित्रका देवानी प्रकृतिका ९०, एक वर्षभित्रका ३६ र डेढ वर्षभित्रका चार मात्र मुद्दा छन् ।

व्यक्तिवादी फौजदारी ३७ र सरकारवादी फौजदारी १५ मुद्दा छन् । अदालतमा आउने मुद्दामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा छन् । चालू आवको पहिलो छ महीनामा यहा“ ८२ सम्बन्धविच्छेदका मुद्दा परेका थिए । भदौ १ गतेपछि लागू भएको मुलकुकी देवानी तथा फौजदारी संहिताका कारण ४४ पुरुषले र ३८ महिलाले मुद्दा दायर गरेकामा केहीमा सम्बन्धविच्छेद भएकाहरू मेलमिलाप पछि घर फर्केका न्यायाधीश पण्डितले जानकारी दिनुभयो ।

चाडपर्व र सार्वजनिक बिदा परेको समयमा २४ सम्म मुद्दा फछ्र्यौट भएकामा सबै दिन कार्यालय सञ्चालन हु“दा ५३ सम्म मुद्दा छिनोफानो भएको हो । गत पुस महीनामा मात्र अदालतमा ५३ मुद्दा छिनिएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताउनुभयो ।

चालू वर्ष महिलाका १६० मुद्दा परेकामा ५१ फछ्र्यौट भइसकेका छन् । त्यस्तै बालबालिकाका पनि ४३ मुद्दा परेका छन् । तीमध्ये छ छिनोफानो भएको बताइएको थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका विषयमा मुद्दा परेका छैनन् । अदालतमै आएका मुद्दामा ५० मुद्दालाई मेलमिलापका लागि पठाइएकामा अहिलेसम्म पाँचवटाको मेलमिलाप भइसकेको छ ।

अठ्ठाइस मुद्दा प्रक्रियामा रहेको र मेलमिलाप हुन नसकी १७ मुद्दा फिर्ता भएको पण्डितले बताउनुभयो । रिटमार्फत जिल्लामा परेका १९ मुद्दा फछ्र्यौट भएका छन् । फैसला भइसकेपछि कार्यान्वयन गराउनेतर्फ भने सोचेजस्तो नभएको उहाँको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter