• Saturday, June 14, 2025

कृषकका समस्या बुझ्न आयोगका सदस्य खेतबारीमा

agricultureमधुसुधन तिमल्सिना / काभ्रे, माघ २० गते । राष्ट्रिय किसान आयोगका सदस्यहरू काभ्रेका किसानको समस्या बुझ्न खेतबारीमै पुगेका छन् । पाँचखाल नगरपालिकाका किसानले केही हप्ता अगाडि इँटा र प्लाइ उद्योगका कारण हरियो तरकारीले बजार नपाएको भन्दै सडकमा फ्याकेर विरोध प्रर्दशन गरेपछि राष्ट्रिय किसानका आयोगका सदस्य (कृषि विज्ञ) उदयचन्द्र ठाकुर र मीना तामाङ कृषकको खेतबारीमै पुग्नुभएको हो ।

उहाँहरूले इँटा र प्लाइ उद्योगको धूवाँले तरकारीमा पारेको असरको स्थलगत अवलोकन गर्नुभएको थियो । पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेका सात इँटा उद्योग र एक प्लाइ उद्योगबाट फालिएको कार्बनका कारण किसानको तरकारी कालीमाटी बजारबाट फिर्ता आउन थालेको गुनासो गरे । विषादी घटाएर व्यवसायी खेतीतर्फ लागेका यहाँका किसान पाँचखालमा सञ्चालनमा रहेको इँटा र प्लाइबाट फालिएको कालो धूवाँका कारण धेरै किसानको तरकारी बजारमा बिक्री हुन छोडेपछि खेतीयोग्य जमिनबाट उद्योग हटाउन माग गदै विभिन्न निकायसँग हारगुहार गरिरहेका छन् ।

पाँचखाल नगरपालिका अगुवा कृषक चेतनाथ दङ्गालले इँटा र प्लाइ उद्योग खेतीयोग्य जमिनबाट हटाउन नसके यहाँका किसानको रोजीरोटी नै खोसिने बताउनुभयो । आठ रोपनी खेतमा काउली खेती गर्दै आउनुभएका उहाँले राम्रोसँग भाउ पाउन नसकेको गुनासो गर्नुभयो । यहाँका ९० प्रतिशत मानिस कृषि र पशुपालनमा नै छन् तर हामीको गुनासो कसैले सुन्दैन । कालीमाटीबाट काउलीमा कालो दाग रहेको भन्दै तरकारी फिर्ता आउँछ । यसको जिम्मेवारी कसले लिन्छ, उहाँले आक्रोश पोख्दै भन्नुभयो ।

पाँचखाल ७ का कृषक ढकनारायण पराजुलीले तरकारी मात्र नभएर आँप, लिचीलगायतका फलफूलसमेत फल्न छाडेको, वृद्धवृद्धा तथा बालबालिका र बस्तुभाउलाई विभिन्न रोगले सताउन थालेको गुनासो गर्नुभयो । इँटा उद्योगले कोइला मात्र बोल्नुपर्नेमा गाडीको टायर, थोत्रा जुत्तालगायत मानव स्वास्थ्यमा असर पर्ने वस्तु बालेको कृषकहरूले आरोप लगाएका छन् ।

कृषक कल्याण रायमाझीले कृषकले पाउने मूल्यमा एकरूपता नभएको बताउनुभयो । इँटा र प्लाइ उद्योग त एउटा कारण छ, अझ बजारमा पनि किसानको तरकारीको मूल्य अत्यन्तै सस्तो छ । किसानले उत्पादन गर्छ तर केन्द्रीय बजारसम्म लैजाने पहुँच नहुँदा बिचौलियाको मारमा हामी परिरहेका छौँ । राज्यले किसानलाई चाहिने अति आवश्यक मल बीउ समयमै उपलब्ध गराउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

शुक्रबारै किसान आयोगका सदस्यले बनेपा नगरपालिकाको नाला तथा पनौती नगरपालिकाको पनौतीमा कृषकको समस्या बुझ्नुभएको थियो । यहाँका किसानले लागतअनुसारको मूल्य किसानले पाउन नसकेको गुनासो राखेका थिए । उनीहरूले सङ्कलन केन्द्र नहुँदा बजारको समस्या भोग्दै आएको, किसानको वर्गीकरण हुन नसक्दा साँच्चिकै कृषक राज्यले दिने अनुदानबाट वञ्चित भएको, नीति नियममा स्थानीय सरकारले कृषकलाई प्रतिनिधित्व नगराएको लगायतका समस्या राखेका थिए ।

राष्ट्रिय किसान आयोगका सदस्य एवं कृषिविज्ञ उदयचन्द्र ठाकुरले किसानको समस्या बुझ्न खेतबारीमै आयोग आएको बताउनुभयो ।

तपाईंहरूको समस्या सुनेर नै खेतबारीमै आएका हौँ । उहाँले भन्न्नुभयो, यहाँको समस्या नीति निर्माण गर्ने तहसम्म पु¥याउने छौँ । उहाँले किसानको वर्गीकरण गर्ने, तरकारीको दररेट तोक्नेलगायतका काम किसान आयोगले गरिरहेको जानकारी दिनुभयो ।

किसान आयोगकी सदस्य मीना तामाङले ७७ वटै जिल्लाका किसानको समस्या पहिचान गर्न आयोग लागिरहेको जानकारी दिनुभयो । उहाँले अधिकांश किसानले बजार नपाएको गुनासो गरेको बताउनुभयो । जहाँसुकै गए पनि उत्पादन गछौँ तर हामीलाई बजारको मात्र सरकारले व्यवस्थापन गरिदिने हो भने राम्रो आम्दानी गर्न सक्छौँ भने किसानको गुनासो रहेको छ, तामाङले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter