• Wednesday, May 28, 2025

बिचल्लीमा परेका बालकलाई घडेरी

Landपर्वत, माघ २१ गते । बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीन बालकलाई विभिन्न सहयोगी खोजेर घडेरी पास गरिदिनुभएको हो । बालक विचल्ली भएको समाचार गत पुस १९ गते राष्ट्रिय समाचार समितिमा प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी ढकालको पहलमा ती बालकले जग्गा पाएका हुन् ।

बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वत कुश्मा नगरपालिका– ९ कटुवाचौपारीका तीन दलित समुदायका बालकले रु पाँच लाख मूल्य पर्ने पाँच आना घडेरी पाएको हो । बाबु आमा नहुँदा सहाराविहीन भएका विशाल परियार, विवेक दर्जी र विश्वास परियारलाई सोमबार जिल्ला प्रशासन कार्यालयमा लालपूर्जा हस्तान्तरण गरिएको छ ।

तीन बालककोे बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोवास र शिक्षा दिने कुरामा पहल गर्ने रुचि जागेर आएको प्रजिअ ढकालले बताउनुभयो । ‘शान्तिसुरक्षा कायम गर्ने र दैनिक प्रशासनिक काम गर्ने भए पनि असहाय, हिंसापीडित र निमुखाहरुका लागि केही गर्नुपर्छ भन्ने भावनाले यो पहल गरेको हुँ’ जग्गाको लालपूर्जा हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले भन्नुभयो, “अब उनीहरुका लागि आवास बनाउन पहल गर्छु ।”

प्रजिअ ढकालको पहलमा तत्कालीन जिल्ला विकास समितिका उपसभापति राम शर्मा पौडेलले जम्मा रु एक लाख लिएर रु पाँच लाख भन्दा बढीको घडेरी पास गरिदिनुभएको छ । घडेरी किन्नका लागि प्राविधिक क्षेत्रमा काम गर्ने २४ जना युवाले रु एक लाख सङ्कलन गरेका थिए । इञ्जिनीयर सुरेन्द्र गौतमको नेतृत्वमा सङ्कलित उक्त रकम गौतम, सरोज ढकाल र ईन्द्रबहादुर राना थापाले बालबालिकालाई हस्तान्तरण गरिएपछि जग्गाधनीलाई बुझाइएको छ ।

विसं ०७४ मङ्सिरमा मृत्यु भएका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका थिए । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन् । देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहारा विहीन बनेका थिए । उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् । जग्गाको लालपूर्जा लिँदा खुशीले रोएकी हजुरआमा गौतमी परियारले अब टुहुराले सहारा पाएको बताउनुभयो ।

“मैले रुदै ज्याला मजदूरी गरेर पाल्न सकेकी थिइन,” उहाँले भन्नुभयो “अब यी बालकको पनि भविष्य बन्छ भन्ने सोचेकी छु ।” प्रजिअ ढकालको पहलमा जेठबाट बालकको हेरचाह, पालनपोषण र शिक्षाका लागि मासिक रु ६ हजार परिवारले पाउन थालेका छन् । वडाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि उक्त संस्थाले तीन बालकलाई जनही मासिक रु दुई हजारका दरले सहयोग गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter