• Sunday, June 15, 2025

महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

woman violenceकाठमाडौँ, माघ २८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै गएको महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“यस पटकको दिवसमा सन्देश मूलक सामग्रीलाई स्थानीय तहसम्म पु¥याउनुपर्छ, त्यसका लागि सबै तहबाट सहयोगको अपेक्षा गर्दछु”, मन्त्री थापाले भन्नुभयो ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले अन्तर्राष्ट्रिय नारी दिवसका सन्देश प्रचारप्रसार गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभयो । बैठकमा सहभागी विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिले यस दिवसलाई विगतका भन्दा फरक ढङ्गबाट मनाउन सुझाव दिनुभयो ।

फ्रान्सको राज्य क्रान्तिका बेला ग्रीसकी महिला लाईसिसट्राको नेतृत्वमा पहिलोपटक पटक आयोजित महिला आन्दोलनलाई स्मरण गर्दै सन् १९१० मार्च ८ तारिखबाट यो दिवस मनाउन थालिएको हो ।

त्यस दिन चीन र ब्राजिललगायत अन्य देशका महिलले पनि महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विभेद हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter