• Wednesday, May 28, 2025

बसाइँसराइको चापले खेतीयोग्य जमीन घट्दै

Barren Landधनगढी, माघ २८ गते ।“पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न”, कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा गाउँमा भेटिनुभएका स्थानीय खगराज भण्डारीले भन्नुभयो । साविकमा गाउँपालिका रहेका क्षेत्रलाई नगरपालिकामा समेटिएसँगै गोदावरी नगरका वडासहित कैलालीका कतिपय क्षेत्रका उर्वरभूमि घडेरीमा बिक्री हुने क्रम बढ्न थालेको छ ।

सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट गर्न केही समय रोकेको अवस्थामा केही हदसम्म कित्ताकाटमा कमी आए पनि जग्गाको खरीद बिक्री भने रोकिएको छैन । पहाडबाट तराईमा बसाइँसराइ गर्नेको चाप वर्षेनी बढ्दै गएको छ । खेतीयोग्य जग्गामा घर संरचना बनाउने क्रम बढेको छ ।

‘‘शहरी क्षेत्रमा संरचना निर्माण हुने क्रम बढ्नु स्वभाविक नै हो”, भण्डारीले भन्नुभयो, “नगरपालिकामा समेटिएका ग्रामीण क्षेत्रमा घर संरचना निर्माण हुने क्रम ह्वात्तै बढ्दा खेतीयोग्य जग्गा मासिने क्रम बढेको हो ।”

कैलालीको साविक मालाखेती, गेटा, श्रीपुर र गोदावरी गाविसलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको हो । पूर्व–पश्चिम राजमार्ग आसपासमा रहेको सो क्षेत्रमा वर्षेनी बसाइँसराइको चाप बढ्दो छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा स्थापना गर्ने प्रस्ताव प्रदेशसभाले पारित गरिसकेको छ । गोदावरीमा स्थायी राजधानी स्थापना हुने भएपछि जग्गा खरीद बिक्री बढेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक राजमार्ग आसपासका क्षेत्रका ग्रामीण बस्तीमा बसाइँसराइको चाप बढेको छ । यस क्षेत्रमा पछिल्लो समय जग्गाको मूल्यसमेत आकासिएको छ ।

“गाविस कायम रहेको अवस्थामा जग्गाको मूल्य प्रतिकठ्ठा रु पाँच लाख थियो, अहिले रु तीस लाखसम्म पर्छ”, स्थानीयवासी तीर्थराज ओझाले भन्नुभयो, “खेतीयोग्य जग्गा सकिन लागेपनि बसोवासका लागि जग्गा खोजी गर्नेको सङ्ख्यामा कमी छैन ।” गोदावरी नगरपालिका कार्यालयका इञ्जिनीयर जानकी वडेला कार्यालयमा नक्सा दर्ता र पास गराई प्रक्रिया पूरा गरेर घर संरचना निर्माण गर्नेको सङ्ख्या त्यति धेरै नभए पनि नक्सा पास नगराई घर निर्माण गर्नेको सङ्ख्या बढी भएको बताउनुहुन्छ ।

नगर क्षेत्रमा आव २०७४÷७५ मा २९२ घरको नक्सा दर्ता गरिएकामा चालू वर्षको हालसम्ममा १८० घरको नक्सा दर्ता गरिएको छ । गोदावरीलाई राजधानी बनाउने निर्णयले पहाडबाट तराईमा बसाइँसराइ गर्ने क्रम रोकिएको छैन । गोदावरी क्षेत्र बाहेक कैलालीको पूर्व–पश्चिम राजमार्ग आसपासका अन्य क्षेत्रमा जग्गा खरीद गर्नेको सङ्ख्या बढेको छ । “खेत घडेरीमा परिणत हुँदा खाद्यान्न सङ्कट निम्तिने खतरा छ”, प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भन्नुभयो, “समयमै बसाइँसराइको चाप रोक्न ठोस् योजना आवश्यक छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter