• Friday, June 13, 2025

वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना; थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन हुँदै

Bir Hospitalकाठमाडौँ, फागुन ३ गते । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले वीर अस्पतालमा रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज रु १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गर्नुभएको हो ।

नेता जोशीकी आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेता जोशीले अर्थभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उक्त कोष स्थापना गरिएको जानकारी दिनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा सुवोध अधिकारीले काङ्ग्रेस नेता जोशीले गरीब तथा असहायको उपचारका लागि गरेको सहयोग उदाहरणीय रहेको बताउनुभयो ।

न्याम्सका रजिष्ट्रार डा विश्वराज जोशीले उपचारका लागि आउने असहाय बिरामीलाई यस कोषबाट उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा बस्नेतले अक्षयकोषको सदुपयोग गर्ने र आगामी दिनमा यस्ता कोषलाई थप गर्दै लैजाने बताउनुभयो ।

गजेन्द्रराज जोशी जिउँदो हुँदा नै शिक्षा क्षेत्रको विकासका लागि पर्सामा नेपाल राष्ट्रिय गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालय स्थापना गरिएको उहाँका छोरा राजुराज जोशीले जानकारी दिनुभयो । गजेन्द्रराज जोशीको गतवर्ष माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन हुँदै

आगामी चैत मसान्तभित्रमा स्वास्थ्य बीमा बोर्डले थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती जिल्लामा स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङ रहेका छन् ।

स्याङ्जा जिल्लामा यही फागुन ५ गते बीमा कार्यक्रमको शुभारम्भ हुँदैछ । सिराहा र धनुषा जिल्लामा हालैमात्र बीमा कार्यक्रम शुभारम्भ भएको थियो । नवनियुक्त बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सो जानकारी दिँदै सबै जिल्लामा बीमाको कार्यक्रम सञ्चालन हुनेछ भन्नुभयो ।

संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार रहेको छ । यही अधिकारलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा कार्यक्रमलाई उच्च प्राथमितामा राख्दै सबै जिल्लामा बीमाका कार्यक्रममार्फत् आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जनतालाई ल्याउने नीति लिएको छ ।

वर्तमान सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा चालु आवभित्र सबै जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने रहेको छ । हालसम्म विभिन्न ३८ जिल्लामा बीमा कार्यक्रममार्फत् १७ लाख भन्दा बढी बीमित भइसकेको बोर्डले जनाएको छ । विसं २०७४ मा यो सङ्ख्या करीब सात लाख मात्र रहेको थियो ।

बोर्डका अनुसार बीमामा आवद्ध हुने घरपरिवारको सङ्ख्या करीब चार लाखमाथि उक्लिएको छ । बीमितबाट रु एक अर्बमाथि सङ्कलन भइसकेको बीमित महिलाको सङ्ख्या आठ लाख ५० हजारमाथि रहेको, अति गरीबको निःशुल्क बीमित सङ्ख्या करीब एक लाख ९१ हजार रहेको छन् । गरीबी परिचयपत्रका आधारमा सरकारले अति गरीबको बीमा रकम शत प्रतिशत छुट प्रदान गर्दछ ।

पाँच जनासम्मको परिवारले वार्षिकरुपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्दा रु ५० हजारसम्मको सेवा सुविधा पाइने बीमा कार्यक्रममा रहेको छ । कार्यक्रमबाट आकस्मिक, औषधि, प्रयोगशाला, शल्यक्रिया, अन्तरङ्ग सेवा पाइने बोर्डले जनाएको छ । सरकारी सेवा तथा वैदेशिक रोजगारीमा जानेका लागि बीमामा अनिवार्य आवद्धता रहेको छ ।

कार्यकारी निर्देशक पोखरेलले परिवारमा आधारित बीमा कार्यक्रमबाट प्राप्त हुने स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन लागिएको जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयनमा बोर्डले ध्यान दिएको बताउनुहुन्छ । विसं २०७४ कात्तिक १ गते बोर्डको गठन भएको थियो । बोर्ड गठनका लागि स्वास्थ्य बीमा ऐन २०७४ जारी भएको थियो । सरकारले विनियमावली तयार गरी जारी गर्ने क्रममा रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter