• Sunday, June 15, 2025

नौ हजार परिवारलाई खानेपानी योजना

Drinking waterकाभे्रपलाञ्चोक, फागुन ७ गते । तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल रु एक अर्ब २७ करोडको लागतको सञ्चालन गरिएको आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने आयोजनाको उद्देश्य हो ।

नेपाल सरकारको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा उक्त आयोजना सम्पन्न हुने अध्यक्ष लामाले बताउनुभयो । २०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ मङ्सिर २३ गते सक्ने लक्ष्य राखिएको छ ।

उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थन, चापाखोरी र मेच्छेका बासिन्दा लाभान्वित हुनेछन् । आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङ्देल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।

आयोजनाको लिफ्टििङ लागि १३ वटा पम्पले पानी नान्नेछन् । ती पम्पले रिजर्भ ट्याङ्कीमा प्रतिसेकेण्ड २३ लिटर पानी तान्ने अध्यक्ष लामाले बताउनभुयो । उहाँका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । अध्यक्ष लामाले भन्नुभयो, “हामी निर्धारित मितिमा सक्नेगरी काम गरिरहेका छौँ ।”

आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् भने हेटौँडास्थित सङ्घीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालयले रेखदेख गरिरहेको अध्यक्ष लामाले बताउनुभयो । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका तेमालका बासिन्दाले बृहत् खानेपानी आयोजना सञ्चालन भएपछि खुशी व्यक्त गरिरहेका छन् ।

तेमाल गाउँपालिका–५ का हेमलाल तामाङले पानीकै कारण ‘तेमालमा छोरी दिनुहुन्न’ भन्ने पुरानो समस्या बृहत् खानेपानी आयोजनाले टर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले घरघरमै खानेपानी पाउँदा खुशी पनि छौँ ।” उहाँले भूकम्पपश्चात् खानेपानी समस्याकै कारण विस्थापित हुनुपर्ने अवस्था आइसकेको सुनाउनुभयो ।

तामाङका अनुसार यस गाउँका बासिन्दा अहिले पनि दुई घण्टा पैदलको दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको छ । ठूला बस्तीको बीचमा रहेको उक्त कुवामा दिनहुँ दुईदेखि ३०० सम्म गाग्रीका लाइन लाग्ने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter