• Wednesday, June 11, 2025

निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

चितवन, चैत २० गते ।चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई प्लाष्टिक लैजानमा कडाइ गरेसँगै होटलहरुले टिफिन बक्स (भाँडोमा खाजा) पठाउन थालेका छन् । निकुञ्जले गत माघ १८ गतेदेखि निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेका प्लाष्टिक फिर्ता ल्याउनैपर्ने नियम लागू गरेको छ ।

निकुञ्ज प्रवेशद्वारमा पर्यटकले लगेका प्लाष्टिकको तथ्याङ्क राख्ने गरिन्छ । फर्किँदा लगेका प्लाष्टिक फिर्ता आए नआएको परीक्षण गर्ने गरिएको छ । प्लाष्टिक फिर्ता नल्याएमा कारवाही गर्ने व्यवस्था छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले पर्यटकलाई प्लाष्टिक लैजादा झण्झटिलो हुने भएकाले खाजाखाना टिफिन बक्समा राखेर पठाउने प्रचलन शुरु गरेको बताउनुभयो । उहाँका अनुसार पर्यटकको माग अनुसारका खाना बनाएर टिफिनमा पठाउने गरिएको छ । पर्यटकले पनि सुरक्षा जाँचको झमेला व्यहोर्नु नपर्ने उहाँले बताउनुभयो ।

सबै होटल व्यवसायीले आफ्ना पाहुनालाई टिफिन बक्सको व्यवस्था गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सबैको साथ र सहयोगबाट निकुञ्ज क्षेत्रमा हुने प्रदूषण कम गर्न सकिने बताउनुभयो । होटल व्यवसायीले चाहेमा निकुञ्जको फोहर निकै कम गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेको प्लाष्टिकको झोला सुरक्षा पोष्टमा राख्ने गर्दछन् । त्यसको सट्टामा कपडाको झोला दिने गरिन्छ । लैजानैपर्ने प्लाष्टिक भने तथ्याङ्क लिएर पठाइने गरिन्छ । ‘प्लाष्टिक नाई भन्नु ल !’ भन्ने अभियानका साथ प्लाष्टिक निषेध अभियान शुरु गरिएको हो ।

विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ । यो पाँच जिल्लामा पर्दछ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो ।

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter