• Saturday, June 14, 2025

युवा गाईपालनतर्फ आकर्षित

इनरुवा, चैत २१ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकाका युवा गाईपालनतर्फ आकर्षित भएका छन् । वैदैशिक रोजगारमा जानुभन्दा स्वदेशमै गर्ने सोचका साथ युवाले गाईपालन गर्न थालेका छन् । बराहक्षेत्र नगरपालिका ६ का २८ वर्षीय राजकुमार यादव र २७ वर्षीया गङ्गाई मेहता महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा कानुन विषय अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँ दुवै जना पढाइलाई समेत निरन्तरता दिने गरी गाईपालनमा व्यस्त हुनुहुन्छ । उहाँहरूको गाईगोठमा २८ वटा गाई र बाछी छन् ।

प्रवेशिका परीक्षापछि गाउँघरका युवा विदेश जाने र केहीले राम्रो कमाइ गर्ने अनि केही ठगीमा परेर सर्किने र केही ज्यानै समेत गुमाएको हेरेर विदेशभन्दा आफ्नै गाउँमा श्रम गर्ने सोंचले उहाँहरुले गाईपालन सुरु गुर्नभएको हो । सुरुमा दुई÷चारवटा गाई पालेर सुरु गरेको गाईपालन अहिले २८ वटा पुगेको छ ।

शिवगङ्गा कृषि विकास फर्म दर्ता गरी २०७२ सालदेखि २८ वटामा गाई राखेर व्यावसायिक रूपमा गाईपालन थालेको उहाँहरूको भनाइ छ । फर्ममा डीसीआईपी नेपाल र होलिस्टेन जातका उन्नत बाछीबाट गाई बनाएको सञ्चालक राजकुमार यादवले जानकारी दिनुभयो । व्यवस्थापन सङ्कायमा कक्षा १२ पास गरी बीएल अध्ययनरत यादवको परिचय एउटा विद्यार्थी मात्रै नभई उहाँ गाउँको सबल किसानको रूपमा समेत परिचित हुनुहुन्छ । अध्ययनसँगै साँझ÷बिहानको समयमा आफूले परिवारको र साथीको ५० लाखको गोठ र जग्गा तथा ३० लाख रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्कको ऋण लगानीमा गाईपालन थालेको यादवले बताउनुभयो । उहाँहरूको गोठमा २० वटा डीसीआईपी नेपाल र चारवटा होलिस्टेन जातका उन्नत बाछीबाट गाई बनाएको तथा तीनवटा जर्सी गाई र एक थान स्थानीय गरी २८ वटा गाई छ । यादवले दुई भाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गर्ने सोच बनाएर फर्केका र आफू विदेश नजाने सोचका भएकाले फर्म स्थापना गरेर व्यवसायमा लागेको बताउनुभयो ।

अर्का सञ्चालक मेहताले गाईपालन गर्दा यहाँका आठ जना युवाले मासिक १० देखि १२ हजार रुपियाँ तलब पाउने र खाने गरी रोजगार पाएको बताउनुभयो । डीसीआईपी नेपाल र होलिस्टेन जातका उन्नत गाईपालन राम्रो भए पनि केही समस्या उहाँले बताउनुभयो । दुध बेचेर मासिक दुई लाख २५ हजार रुपियाँ आम्दानी हुने र सबै खर्च कटाएर ३५ हजार रुपियाँ आफ्नो बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter