• Friday, June 13, 2025

युद्ध सङ्ग्रहालयको डिपिआर बनाइँदै

चितवन, वैशाख २७ गते । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा उल्लेख भएपछि निर्धारण गरिने उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन उहाँलाई लागि श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रचण्डज्यूले डिपिआर गर्न भन्नुभएको छ, हामी यथाशीघ्र डिपिआर तयार गर्छाैं ।” सबै प्रक्रिया सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट डिपिआरको काम शुरु गर्ने तयारी गरिएको छ ।

उहाँले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताउनुभयो । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डिपिआर तयार गरिने योजना छ ।

सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर उक्त सङ्ग्रहालयमा राखिनेछ । दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उक्त सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने उहाँको भनाइ थियो । सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । सङ्ग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त सङ्ग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter