• Sunday, May 25, 2025

शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग; शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौँ, वैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गर्नुभएको हो ।

ध्यानाकर्षण पत्रमा संविधानले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेकोले त्यो कार्यन्वयनका लागि बजेट बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै आयोगका उपाध्यक्ष कँडेलले विद्यार्थी सङ्गठनको मागलाई सकारात्मक रुपमा लिएको भन्दै शिक्षामा बजेट प्रतिशत नबढेपनि रकम बढेको जानकारी गराउनुभयो । उहाँले साधन स्रोतले पुगेसम्म बजेट बढाउन सक्दो प्रयास गर्ने समेत बताउनुभयो ।

शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग

एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा सङ्गठनद्वारा जारी विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत वृद्धि गर्न माग गरिएको छ । राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्रसेवकले आफ्ना सन्ततिलाई अनिवार्यरुपमा सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्थाको उल्लेख गरिएको विज्ञप्तिमा मेडिकल कलेजको मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी जनताको प्रतिव्यक्ति आयका आधारमा निश्चित शुल्क लिन वैज्ञानिक शुल्क निर्धारणलगायतको माग गरिएको छ ।

यसैबीच सोही कार्यक्रम सकिएलगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter