• Friday, June 13, 2025

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाडौँ, वैशाख ३० गते । काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताउनुभयो ।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आउनुभएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो । कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राससकर्मी गिरी पुरस्कृत

राससमा कार्यरत रमेश गिरी काठमाडौँ महानगरपालिकाको सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीबाट रु १० हजारसहित पुरस्कृत हुनुभएको छ । प्रदर्शनीबाट गिरीसँगै मीनरत्न बर्जाचार्य रु २५ हजारसहित प्रथम, मीन लामा रु २० हजारसहित द्धितीय, प्रनी कोइरालाले रु १५ हजारसहित तेस्रो स्थान हासिल गर्नुभएको छ ।

कामपाले विभिन्न सञ्चारमाध्यम र नागरिकसँग सार्वजनिक सूचनामार्फत् माग गरी गत शुक्रबारदेखि रत्नपार्कमा सडक सुरक्षासम्बन्धी १०० फोटो प्रदर्शनीमा राखेको थियो । आइतबार भएको कार्यक्रममा उहाँहरु सबैलाई कामपाको प्रमुख विद्यासुन्दर शाक्यले पुरस्कार प्रदान गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter