• Wednesday, June 11, 2025

धमाधम धान रोपाइँ

बेलिना थापा / लमजुङ, जेठ २६ गते । लमजुङका किसानले खेतमा लगाएको आलु, गहुँ थन्काएर धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै जिल्लाका ग्रामीण भेगमा धान रोप्न सुरु गरिएको हो ।

मस्र्याङदी गाउँपालिका–५, घेर्मुका किसान यतिबेला धमाधम धान रोप्दैछन् । स्थानीय शङ्कर घलेका अनुसार तीन÷चार दिनअघिदेखि गाउँको घेर्मुफाँटबाट धान रोप्न थालिएको हो । फाँटमा पानीको व्यवस्था राम्रो भएकाले असार नलाग्दै किसानले धान रोप्न सुरु गरेका हुन् । स्थानीय तुलसी गुरुङका अनुसार गाउँमा मार्सी र एक्ले धान रोपिएको छ ।

कृषकका अनुसार सिँचाइ सुविधा भएका ठाउँ र गर्मी ठाउँमा धान रोपाइँ धमाधम भइरहेको छ । क्व्होंलासोँथर गाउँपालिका–४, भुजुङका नौराज गुरुङका अनुसार घिम्चे फाँटमा धान रोप्ने तयारी गरिएको छ । उहाँ सिँचाइको सुविधा भए पनि अहिले मर्मत भइरहेकाले रोपाइँ केही ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, खेतमा लगाएको गहुँ र जौ थन्काउन थालेका छौँ । धानको बीउ पनि हुर्किसकेको छ । सिँचाइको मर्मत सकिने बित्तिकै धान रोपाइँ सुरु हुन्छ ।

कृषि ज्ञान केन्द्र लमजुङका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार पानीको स्रोत र सिँचाइ पुगेको ठाउँमा रोपाइँ थालिएको छ ।

लमजुङका ठूला–ठूला फाँटहरू राइनास नगरपालिकाका राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, मध्यनेपाल नगरपालिकाका भोर्लेटार, दुईपिप्ले, सोतिपसल, सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका ठाउँमा स्थानीयसँगै उन्नत जातको धान लगाइने गरिन्छ । केन्द्रका अनुसार १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४५ हजार ६३९ मेट्रिक टन उत्पादन भएको केन्द्रले जानएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा गत वर्ष १४ हजार ७९१ हेक्टरमा धान लगाइएकोमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबूढो, एक्ले, लोकतन्त्रलगायतको उन्नत जातको धानका साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter