• Sunday, June 15, 2025

सीप सिकेकामध्ये ७० प्रतिशत रोजगारोन्मुख

नेपालगञ्ज, असार २ गते । नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालीम केन्द्रमा सिलाइकटाइ सम्बन्धी तालीम लिइरहनुभएको छ ।

‘तालीम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आपैmले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’—सारुमगरले बताउनुभयो ।

सारुमगर जस्तै केन्द्रवाट विभिन्न व्यवसायमूलक सीपको तालीम लिनेको सङ्ख्या यो वर्ष ६०० भन्दा बढी रहेका छन् । नेपाल सरकारअन्तर्गत रहेका सो केन्द्रवाट पछाडि पारिएका, अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय तथा विपन्न परिवारका महिला र पुरुषले केश शृङ्ृगार, सिलाइकटाइ, विद्युत् जडान, कम्प्युटर, बेल्डिङ, इलेक्ट्रोनिक्स सामान मर्मत, कुक, पलम्बिङ, फेसन डिजाइन, सुरक्षा गार्ड, मोटरसाइकलमर्मतलगायत तालीम लिइरहेका छन् ।

‘विकासको मूलप्रवाहभन्दा बाहिर रहेका ती वर्ग एवं समुदायलाई प्राथमिकतामा राखेर सीपयुक्त व्यावसायिक तालीम दिने गरेका छौ’—केन्द्रका प्रमुख जेन्टिल गौतमले भन्नुभयो,“तालीम लिएकामध्ये झण्डै ७० प्रतिशतले रोजगारमूलक व्यवसाय सञ्चालन गरेका छन्”, उहाँले भन्नुभयो, “२०४१ सालदेखि अहिलेसम्ममा केन्द्रले करीब १८ हजारलाई विभिन्न सीपमूलक तालीम प्रदान गरिसकेको छ । तीमध्ये महिलाको सङ्ख्या १० हजारको हाराहारी रहेको छ ।”

केन्द्रले सञ्चालन गर्ने तालीममा सहभागी हुन चाहनेले आठ कक्षा पास गरेको र १८ वर्ष भई ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको तालीम प्रशिक्षक अञ्जु खनालले बताउनुभयो । केन्द्रले अहिले तीन महीने र ६ महीने तालीम सञ्चालन गर्दै आएको छ । अहिले नेपालगञ्ज उपमहानगरपालिकाले पनि नगर क्षेत्रका गरीब, विपन्न र पछाडि पारिएका समुदायलाई लक्षित गरी विभिन्न सीप विकासका तालीम सञ्चालन गरिरहेको छ । नगरका वडा वडामा सिलाइकटाइ, केश शृङ्गार, हस्तकला, ब्युटिसियन, ब्याग बनाउनेलगायतका तालीम सञ्चालन गर्दै आएको उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

उपमहानगरपालिकाले दिने तालीममा विशेषतः दलित, चिडिमार समुदाय र अतिविपन्न परिवारका सदस्यलाई प्राथमिकता दिने गरिएको उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter