• Thursday, June 12, 2025

एक वडा: एक पोखरी निर्माणलाई प्राथमिकता

दमौली, साउन २४ गते । तनहुँको भानु नगरपालिकाले एक वडा : एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो ।

प्राकृतिक र परम्परागत पोखरी संरक्षण गरी आकाशेपानी सङ्कलन गर्न नगरपालिकाको १३ वटै वडामा पोखरी निर्माण गरिने नगरपालिकाका उपप्रमुख आशा थापाले बताउनुभयो । नगरपालिकालाई घरभित्रको धुँवारहित बनाउन ‘धुँवारहित चुलो उज्यालोसहितको घर’ बनाउने, शहरी सौन्दर्यका लागि ‘एक घर ः दुई बिरुवा, एक वार्ड हरियाली पार्क’ निर्माण कार्यक्रम सञ्चालन गरिने थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक वन, निजी जग्गा तथा नगरभित्र निर्माण भएका सडकको किनारमा निर्माणसँगै अम्रिसो, बाँस, सौन्दर्य दिने बिरुवा रोप्ने कार्यलाई नमूनाको रुपमा सञ्चालन गर्ने नीति लिइएको छ ।

नगरपालिका क्षेत्रभित्र सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गर्न पहल गर्ने र उत्तरीभेग कालीमाटी कुन्छा सडक, रुपाकोट, राइपालीभञ्ज्याङ हुँदै मिर्लुङकोट, पोखरीछाप, तनहुँसुर, नावरुङ, मैवलकोट, रिमाल्नी नागनागिनी बिरुवा भन्सारलगायतका सडक निर्माण गरी स्तरोन्नति गर्न पहल गरिने नगरपालिकाले जनाएको छ ।

एक वडा ः एक खेल मैदानको अवधारणाअनुरुप जग्गा पहिचान तथा खेलकूद पूर्वाधार विकास योजना तयार गरी कार्यान्वयन गर्ने, नगरस्तरीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय बसपार्कको उपयुक्त व्यवस्थापन र सञ्चालन गर्ने, सडक निर्माण तथा मर्मतसम्भार गर्दा श्रममूलक वातावरणमैत्री र सहभागितामूलक अवधारणालाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाले जैविकखेती हरियो तरकारी, एक घर एक करेसाबारी’, एक वडा ः एक नर्सरी स्थापनालाई प्राथमिकतामा राखेको छ भने जैविक विविधताको सम्वद्र्धन र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकूल प्रविधिको विकास गरी कृषिजन्य उत्पादनमा प्राङ्गारिक खेतीलाई प्रोत्साहित गर्ने नीति नगरपालिकाको छ ।

कृषि उत्पादकत्व वृद्धि गर्न यान्त्रीकरणमा जोड दिई बीउ बैंक स्थापना गर्ने, विदेशबाट फर्किएका र प्राविधिक ज्ञान भएका युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, कृषिउपज सङ्कलन तथा सुरक्षा गर्न शीतगृह निर्माणलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

‘हाम्रो नगर : समृद्ध बनाउने हाम्रै रहर’ भन्ने नारालाई साकार पार्न नियमित कर तिर्ने करदातालाई सम्मान गर्ने नीति अवलम्बन गरिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । नगरभित्र सङ्कलन हुने कर नगरकै विकासमा लगाउने र करदातालाई प्रोत्साहित गर्ने उद्देश्यबमोजिम करदातालाई सम्मान गर्ने नीति ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरमा सङ्कलन हुने कर, राजश्व, शुल्कलगायतलाई व्यवस्थित र नियमन गर्दै उक्त कर पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गरिनेछ । गौलीका अनुसार प्रगतिशील कर प्रणालीको आधारमा करको दायरा बढाइने र सीमान्तकृत एवं सुविधाबाट वञ्चित समूहको भलाइका लागि प्रयोग गरिनेछ ।

“व्यवसाय करको दायरा बढाउने र बढीभन्दा बढी व्यवसायीलाई कर प्रणालीमा सहभागिता प्रोत्साहित र सुनिश्चित गरिनेछ”, उहाँले भन्नुभयो, “एकीकृत सम्पत्ति करलाई व्यावहारिक, वैज्ञानिक र न्यायोचित किसिमले लागू गरिनेछ ।”

कर व्यवस्थापनलाई वैज्ञानिक, यथार्थतापरक र व्यवस्थित गर्न कम्प्युटरकृत प्रणालीबाट डाटावेशको आधारमा थालनी गरिएको कर शुल्क सङ्कलन कार्यलाई थप प्रभावकारी बनाइने गौलीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकालाई संविधानत प्राप्त भएको राजश्व सङ्कलनका समग्र क्षेत्रलाई समेटेर राजश्व सम्भाव्यतासम्बन्धी बृहत् अध्ययन, अनुसन्धान प्रतिवेदन तयार गरी आयका क्षेत्र पहिचान गरिने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter