• Friday, June 13, 2025

गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध खतरा उत्पन्न भयो : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले सरकारप्रतिको असन्तोषका कारण गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि नै गम्भीर खतरा उत्पन्न भएको बताएको छ । ३१ र ३२ साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीले जनआन्दोलनका मुख्य उपलब्धिको रक्षा गर्नुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा पार्टी अधयक्ष चित्रबहादुर केसीले पूर्वराजा, राजावादी र कांग्रेस नेताहरूले समेत धर्मनिरपेक्षताको विरोध गरेको बताए । सरकारले सही ढंगले काम गर्न नसकेकाले राजतन्त्र पुनस्र्थापना हुन सक्ने खतरा देखिएको केसीले बताए ।

‘धर्मनिरपेक्षता समाप्त भए नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनर्स्थापना हुन सक्ने खतरा छ,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौँ ।’

वामपन्थी दलको गणतन्त्र र संविधानविरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई मद्दत पुग्ने बताउँदै सो पार्टीले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तामाथि संघीयताका कारणले खतरा उत्पन्न भएको जनाएको छ । भ्रष्टाचार, नागरिकता समस्या, महँगी, करवृद्धि, तराईमा भएको शोषण, उत्पीडन, मजदुर, किसान, महिला, जनजाति, उत्पीडित जातिलगायत विभिन्न जनवर्ग र समुदायका समस्या पनि विकराल बन्दै गएको पार्टीको ठहर छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter