• Wednesday, June 11, 2025

सार्कका सबै सदस्य देशले सार्कलाई गति दिन प्रतिबद्ध परराष्ट्रमन्त्री

काठमाडौँ, असोज १५ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई आज राति स्वदेश फर्कनुभयो ।

महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिनुभएको थियो ।

विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरराष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घको सुधारमा द्वन्द्व तथा आतङ्कवाद जस्ता विषयमा विचार आदानप्रदान गर्नुभएको थियो ।

यसैबीच सञ्चारमन्त्रीकर्मीको जिज्ञासामा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० को अनौपचारिक मन्त्रिरिषद्को बैठकमा सबै आठ देशले सार्कलाई गति दिन प्रतिबद्ध रहेको बताएको जानकारी दिनुभयो ।

चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना रहेको भए पनि मिति भने निर्धारण भई नसकेको उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीलाई विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter