• Monday, June 16, 2025

रुकुममा सिस्नुको पाउडर उद्योग सञ्चालन

सुरेन्द्र खत्री / रुकुम (पश्चिम), कात्तिक ४ गते । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा सिस्नुको पाउडर उद्योग सञ्चालनमा आएको छ । स्थानीय स्तरमा खेर गैरहेको अर्गानिक सिस्नुलाई पाउडर बनाएर बाहिर निर्यात गर्न मुसिकोट नगरपालिका –५ सेरीगाउँमा हिमालय सिस्नु पाउडर उद्योग सञ्चालनमा आएको हो ।

स्थानीय पाँचजना युवाहरुको सहभागितामा गठित हिमालयन बहुसेवा प्रालि मार्फत उद्योग सञ्चालन गरिएको हो । पाँचजनाको शेयरबाट करिब २१ लाख रुपियाँ लगानी गरी उद्योग सञ्चालन गरिएको उद्योगका व्यवस्थापक सुन्दर शर्माले जानकारी दिनुभयो ।

सिस्नुको बारी गाउँघरमा झाडीकै रुपमा त्यत्तिकै खेर गैरहेको अवस्थामा त्यसको सदुपयोग र प्रशोद्धन गरी पाउडर बनाएर आयआर्जन गर्नका लागि उद्योग सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘यहाँ सिस्नु त्यत्तिकै खेर गैरहेको छ ।’ उहाँले भन्नुभयो,‘बाहिर यसको महत्व र माग उत्तिकै बढि भएकोले यसको सुरुवात गरेका छौँ ।’

उद्योग स्थापना भएको १५ दिनमा ६५ केजी सिस्नुको पाउडर उत्पादन गरिएको र प्रतिकेजी पाँचसय ५० रुपियाँका दरले विक्री भैरहेको शर्माले जानकारी दिनुभयो । सदरमुकाम नजिकैका स्थानहरु साँख, भलाक्चा, माछिमी, स्यालापाखा लगायतका क्षेत्रबाट ताजा सिस्नु ल्याएर त्यसलाई राम्रोसँग धोएर सुकाएपछि धुलो बनाउन तीन÷चार दिनमा तयार हुने गर्दछ ।

उद्योगमा अहिले सिस्नु प्रशोधनका लागि चारवटा मेसिनहरु रहेका छन् । तीनजना व्यक्तिहरुले नियमित रोजगारी पाउनुका साथै ५/६ जना दैनिक ज्यालादारीमा समेत काम गर्ने गरेको व्यवस्थापक शर्माले बताउनुभयो । यहाँ उद्योग खुलेको थाहा पाएपछि काठमाडौँ, सुर्खेत लगायतका ठूला होटेलहरुबाट समेत सिस्नुको पाउडरको माग हुन थालेको उहाँको भनाइ छ ।

उद्योगमा अहिले सिस्नुको पाउडर मात्र उत्पादन भएपनि विस्तारै सिन्की, सुकाएको साग, अदुवाको धुलो लगायतका अर्गानिक उत्पादनको समेत विस्तार गर्ने योजना रहेको उद्योगले जनाएको छ । उद्योगबाट उत्पादित वस्तुहरुको बजार प्रवद्र्धनका लागि काठमाडौँ र सुर्खेतमा डिलर समेत स्थापना गर्ने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter