• Tuesday, June 17, 2025

पारिको होइन वारिको फूलमाला

भैरहवा, कात्तिक ५ गते । तिहार नजिकिँदै जाँदा व्यावसायिक रूपमा फूल नर्सरी तथा पसलमा सर्वसाधारणको भीड लाग्न थालेको छ । एक हप्ताअघिसम्म पनि सुनसान देखिने नर्सरी तथा पसलमा केही दिनयता मानिसको बाक्लो उपस्थिति देखिन थालेको हो । गाउँघरमा तिहारका लागि आफ्नै घर आँगनमा फूल उपलब्ध हुने गरेको भए पनि सहरी क्षेत्रमा व्यावसायिक रूपमा नै खरिद बिक्री हुने गरेको छ । बढ्दो जनघनत्वका कारण ठूला सहरमा फूलमालाको व्यापारसमेत पछिल्लो वर्ष बढ्दै गएको छ । व्यावसायिक रूपमा नै फूलको कारोबार बढेको व्यवसायी बताउँछन् ।

यस वर्ष तिहारलाई लक्षित गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोनहियामा रहेको विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती सुरु भएको छ । भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्थामार्फत कृषि परियोजना सञ्चालन गरी तरकारी एवं फलफूल खेती गरेर अहिले व्यावसायिक रूपमा सयपत्री फूल तयार भइरहेको संस्थाका सेयरधनी सुशील पौडेलले जानकारी दिनुभयो ।

हामीले सुरु गरेको कृषि परियोजनामा अन्य तरकारी फलफूलसँगै यस वर्षदेखि फूलको खेती पनि गरेका छौँ । तिहारमा मात्रै ६० हजारको फूल बेच्ने योजनामा छौँ, यसले केही मात्रामा भए पनि भारतसँगको व्यापार घाटा कम गर्न मद्दत हुने विश्वास छ, उहाँले भन्नुभयो, “दैनिक आवश्यकता अनुसार ७–८ जना कामदार र एक जना स्थायी कर्मचारी राखी काम सुरुवात गरेका छौँ । स्थानीय सरकारले पनि ट्याक्टर, पानी तान्ने मोटर पम्प अनुदानमा सहयोग गरेको छ ।”

‘पारिको होइन, वारिको फूल माला’ अभियानका साथ यहाँका किसानले फूल खेती गरिरहेको पौडेलले बताउनुभयो । केहीले अग्रिम अर्डर पनि दिनुभएको छ, माग अत्यधिक छ, यो वर्षको मागलाई दृष्टिगत गर्दै आगामी दिनमा खेती विस्तार गर्दै लैजाने योजना छ, उहाँले भन्नुभयो । तीन महिनाअघि सुरु भएको सहकारीको कृषि परियोजनाअन्तर्गत त्यहाँको तीन बिघाभन्दा बढी जग्गामा अहिले विभिन्न तरकारी, केरा, मेवा, कागतीसँगै सयपत्री फूलको व्यावसायिक खेती सुरु भएको छ । सयपत्री फूल मात्रै करिब १० कट्ठा जग्गामा एक हजार पाँच सयभन्दा बढी बेर्ना लगाइएको र अहिले फुलेर ढकमक्क भइसकेको पौडेलले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter