• Sunday, June 15, 2025

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

कास्की, कात्तिक ५ गते । पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।

दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक २०० को हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलोपटक सेवा शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो । सेवा सञ्चालनबाट पोखरा घुम्न आउने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवद्र्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

सेवा शुरु भएपछि पर्यटक लेकसाइडसम्म सिधैँ आउन सक्ने भएकाले पनि उनीहरुलाई सहज हुने कम्पनीले जनाएको छ । “भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ”, केसीले भन्नुभयो ।

सो प्रालिले केही समयमा नै अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ । पोखरादेखि काठमाडौँसम्मको भाडादर प्रतिव्यक्ति रु ७०० तोकिएको छ । प्रालिका एक हजार २०० सवारी साधनले पोखराबाट देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरुमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter