• Monday, June 16, 2025

राजनीतिमा अपराधिकरण र भष्टकरण स्वीकार्य हुन सक्दैन – सञ्चारमन्त्री बाँस्कोटा

काभ्रे, कात्तिक ६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । पछिल्लो समय मुलुकमा राजनीतिक नेताले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्नुहुँदै – गलत गर्ने ढिला चाडो कानुनी कठघरमा आउने छन् – उहाँले भन्नुभयो ।

हामीले राजनीतिकमा अपराधिकरणलाई स्थान दिन हुँदैन, जनताको सुरक्षा गर्छु भनेर आएको जनप्रतिनिधि नै अपराध गर्छ भने जनताले के सोच्ने ? कसैले महिला माथि झम्टेको छ, कसैले गाउँले माथी झम्टेको छ । यस्तो पनि हुन्छ राजनीतिमा । यस्ता नथुनिए को थुनिन्छ ? – मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले गलत गर्नलाई जनताले लडेर ल्याएको लोकतान्त्रिक विधिको शासन अनुसार कारवाही हुने कुरामा जोड दिनुभयो ।

बनेपामा लायन्स हार्ट क्लिनिक सञ्चालकालागि आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले आफूले यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तपाईहरुले भावी पुस्ताहरुका लागि राम्रो सोचका साथ काम सुरुवात गर्नुभएको छ, यसका म सहयोग गर्न तयार रहेको छु । तर अझ तपाईहरुले दुरदराजका जनतालाई लक्षित गरेर कार्यक्रम गर्नुहोस् – उहाँले भन्नुभयो ।

लायन्स क्लव अफ बनेपा-काभ्रेले यस भेगका स्थानीयलाई लक्षित गरी हार्ट क्लिनिक सञ्चालनमा ल्याउने लायन्स हार्ट क्लिनिक परियोजनाका संयोजक रामराजा धौभडेलले जानकारी दिनुभयो । स्थानीय तथा अन्र्तराष्ट्रिय संघसंस्थाको सहयोगमा अत्याधुनिक प्रविधिको मेसिन सहित वरिष्ठ डाक्टरहरुको व्यवस्था रहेन धौभडेलले जानकारी दिनुभयो । कार्यक्रमका जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले उक्त कामका सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter