• Friday, June 13, 2025

गाँउमा डाक्टर भनेर चिनिन्छन् स्वयंसेवी स्वास्थ्य कार्यकर्ता

काठमाडौं, मंङसिर १९ गते । मुगु जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी पुण्यप्रभाको जन्म जुम्लामा भयो । अनमी पढेपछि उहाँको कर्म क्षेत्र बन्यो मुगु । मुगुको जिल्ला अस्पतालमा उहाँले काम सुरु गरेको २० वर्षभयो । यो अवधिमा उहाँले चार हजार महिलालाई सुरक्षित सुत्केरी गराउनुभयो । उहाँ अहिले गाउँमा प्रिय डाक्टर बन्नु भएको छ । उहाँको अध्ययन अनमी मात्रै हो मेडिकल साइन्समा डक्टरेज नगरे पनि उहाँ गाउँलेका लागि डाक्टर नै हो । उहाँ स्वयंसेवी भए पनि बिहान उठेदेखि राती नसुतेसम्म निरन्तर विरामीको सेवामा खटिनु हुन्छ ।

सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई देवकोटाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम गरेको उदाहरण प्रस्तुत गर्नु भएको छ । एक महिनाअघि काठमाडौंमा उत्कृष्ट समाजसेवा गरेको भन्दै इन्ट्रिग्रेटी आइकन उपाधिबाट सम्मान गरियो ।

मुगुबाट देवकोटाले मात्रै हैनन्, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका बडा नं ५ गैरिबिसौना देउपुरको भक्तिकुमारी तिमल्सिना ‘बालकदेखि बृद्धसम्मकै’ प्रिय व्यक्ति हुनुहुन्छ ।

तिमल्सिनाको गाँउभरी न्यायो सत्कार हुन्छ । गाँउकै बुहारी भए पनि सासु ससुरा र गाँउका पुरुषबाट उहाँ कहिल्यै हेपिनु परेको छैन । १८ बर्षदेखि स्वास्थ्य क्षेत्रमा लागेकै कारणले उहाँलाई बालकदेखि बृद्धसम्मका सबैले गाँउभरीको डाक्टरको सम्मान पाउनु भएको छ ।

१८ बर्षदेखि स्वास्थ्य सेवामा खटिदै आउनु भएकी तिमल्सिनालाई गाँउमै काम गर्न सक्ने भन्दै मासिकामा छानेको थियो । शुरुमा काम गर्न गाह्रो भए पनि पछि सबैको सहयोगमा यो अवस्थासम्म आईपुगेको उहाँ सुनाउनु हुन्छ । सूरुमा सुत्केरीको स्वास्थ्यको नियमित चेकजाँच गर्ने, आईरन चक्की खुवाउने नवजात शिशुको हेरचाह गर्ने जिम्मेबारी उहाँले बहन गरिसक्नु भएको छ । उहाँले अहिले स्वास्थ्य केन्द्रले संचालन गरेको बर्थिङ सेन्टरमा नियमित रुपमा संचालन गरिरहनु भएको छ ।

२२ बर्षदेखि स्वास्थ्य स्वयम्सेविका बन्नु भएको धुलिखेल–१२ शंखुपाटीचौर–३ छापकी गायत्री आचार्यले गाँउभरीको टोललाई आफ्नै बनाउनु भएको छ ।

टोलमा कसैलाई समस्या पर्दा रात र दिनसमेत नभनी सेवा गरेकै कारण उहाँ सबैको प्रिय भाउजु समेत बन्नु भएकोछ । गायत्रीको कामबाट पुरै गाँउ सन्तुष्ट छ, गाँउलेलाई स्वास्थ्य सेवा पु¥याउन पाएकोमा उहाँपनि सन्तुष्टनै हुनुहुन्छ ।

पढे लेखेको महिला भनेर २०४९ सालमा आमा समुहले गायत्रीलाई स्वास्थ्य स्वयंसेविकाको रुपमा छानेको थियो । गाँउमा कोही बिरामी भयो र सामान्य औषधि चाहियो भने पनि गाँउदेखि शहरसम्मै सम्झने स्वास्थ्य स्वयंसेविकानै हुन् । काभ्रेको मात्रै नभएर देशभरीका स्वयंसेविकाहरुले नजिकैको स्वास्थ्य संस्था अस्पताल र डाक्टर नभएको गाँउ–ठाँउका लागि अपरिहार्य नै बनेका छन् ।

नेपालमा हाल ५१ हजार ४२० महिला स्वयंसेविकाहरूले सेवा प्रदान गरिरहेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्यसेवा विभागका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला स्वयंसेविकाहरूले बाल तथा मातृ सेवामा उल्लेख्यनीय योगदान पु¥याएको बताउनुभयो । महिला स्वयसेविकाहरूले मातृ स्वास्थ्य र परिवार स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, राष्ट्रिय कार्यक्रमहरु भिटामिन ए कार्यक्रम र पोलियो थोपा कार्यक्रम महिला स्वयंसेविकाले संचालन गरिरहनु भएको छ ।

पखाला लागेका बालबालिकालाई जीवनजल र जिङ्क चक्की समेत उहाँहरूले उपलब्ध गराउने गर्नु भएको छ । गाउँघरमा संचालन हुने गाउँघर क्लिनिकमा बालबालिकालाई पठाउने र पहिलो पटक स्वास्थ्यचौकीवाट पिल्स लिएकाहरूलाई महिला स्वयसेविकाहरुले उपलब्ध गराउने गर्नुभएको छ ।

महिला स्वयसेविकाहरूले महिलाको स्वास्थ्यसँगै बालबालिकाको ज्यान समेत लिन सक्ने निमोनिया घटाउन श्वास प्रश्वासको मात्रा हेरेर स्वास्थ्यचौकीसम्म पु¥याउनु भएको छ । महिला स्वयसेविकाले नेपालको बाल तथा मातृ मृत्युदर घटाउन उलेख्य योगदान दिनुभएको छ ।

सन् १९९० तिर सफा–स्वच्छ खानेपानीबारे चेतना फैलाउने उदेश्यले बडास्तरमा छनोट थालिएपछि नेपालमा भिटामिन ‘ए’ र पोलियो बिरुद्धको काममा सफलता मिलेको थियो । स्वास्थ्य स्वयसेविकाहरुको पहलमा अहिले गाँउभरीका गर्भवती महिला पत्ता लगाएर तिनीहरुलाई स्वास्थ्य केन्द्रसम्म पु¥याउने अभियानै चलाउनु भएको थियो । गाँउघरमा स्वास्थ्य सेवाका मेरुदण्ड बन्नु भएको उहाँहरूले खासै सहयोग भने राज्यबाट पाउन सक्नु भएको छैन । शिशु स्याहार कार्यक्रममा बच्चाको जन्म वापत चार सय र भिटामिन ए जस्ता कार्यक्रममा भत्ता वापतको दुई सय रुपियाँ हात थापोको भरमा जीवन सर्मपण गर्ने स्वयम्सेविका पनि देशैभरी हुनुहुन्छ । स्वास्थ्य स्वयम्सेविकाहरुको पहलमा मातृ तथा शिशु मृत्युदर कम गराउन निक्कै सहयोगी भएको छ ।

स्वयम्सेविका मात्रै हैनन् स्वास्थ्य केन्द्रमा काम गर्ने माशिका र अनमीको योगदान स्वास्थ्य केन्द्रका प्रमुखहरुको भन्दा कम्तिको छैन । उनीहरूले स्वयम्सेविकाले रिफर गरेर पठाएका बिरामीको आफूले सक्ने उपचार गर्ने र नसके माथिल्लो केन्द्रमा पठाउने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter