• Saturday, June 14, 2025

उपनिर्वाचनमा बदर मत घट्यो

काठमाडौं, मङ्सिर १९ गते । १४ मंसिरमा भएको उपनिर्वाचनमा सरदर १.४ प्रतिशत मत बदर भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतको निर्वाचनको तुलनामा बदर मतको संख्या निकै कम रहेको बताए ।

आयोगको तथ्याङ्कअनुसार कास्की–२ मा ६ सय बदर भएको छ । ४५ हजार ५ सय ४६ मत खसेकोमध्ये ४४ हजार ९ सय ४६ मत सदर भएको आयोगले जनाएको छ । भक्तपुर–१ (क), बागलुङ–२ (ख) र दाङ–३ (२) मा भएको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा १ हजार ६ सय ६७ मत बदर भएको छ । तीन प्रदेश क्षेत्रमा खसेको ९८ हजार ७ सय ३४ मतमध्ये ९७ हजार ६७ मतमात्रै सदर भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

धरान उपमहानगरपालिका प्रमुखको उपनिर्वाचनमा १ हजार १ सय ४१ मत बदर भएको छ । ५४ हजार ८ सय ४६ जनाले मतदान गरेकामध्ये २ दशमलव ०८ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । अन्य स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षकालागि भएको उपनिर्वाचनमा दुई प्रतिशत मत बदर भएको छ । कुल खसेको १ लाख ५४ हजार ८ सय ३५ मतमध्ये २ हजार ७ सय ७० मत बदर भएको प्रवक्ता श्रेष्ठले बताए ।

‘मतदाता शिक्षा प्रभावकारी भयो भन्ने आयोगको बुझाई हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले खटाएका कर्मचारीको घरदैलो, पोष्टर, ब्रोसर र सन्चारमाध्यममार्फत् भएको प्रचार प्रसारले मतदाता शिक्षा प्रभावकारी बनेको हो ।’ आयोगले आगामी निर्वाचनहरुमा बदर मतलाई अझै न्युनिकरण गर्दै लैजाने उदेश्य लिएको उनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter