• Monday, June 09, 2025

पाँचखालस्थित बिशेष आर्थिक क्षेत्रको अर्थमन्त्रीद्वारा अवलोकन

मधुसुधन तिमल्सिना / काभे्र, मङ्सिर २१ गते । पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्न अर्थमन्त्री युवराज खतिवडा पाँचखाल आउनुभएको छ । शनिवार अवलोकन गर्न आउनुभएको अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुहुँदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाउनुभएको थियो ।

मन्त्री खतिवडाले भौतिक संरचना निर्माणको जिम्मा पाएको कम्पनिलाई निर्देशन दिँदै भन्नुभयो रकमका कारण काम नरोक्नुहोस् । रकम निकासामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुहुँदै राम्रो काम गर्न र समय मै सक्न आग्रह गर्नुभएको थियो ।

मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिनुभएको नेकपाका स्थानीय नेता कञ्चन अधिकारीले जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विश्वबिद्यालय, अरनिको राजमार्ग विस्तार, औद्योगिक क्षेत्र निर्माण लगायतका काम चाँडै अगाडि बढाउने बताउनुभएको थियो ।

सेजको काम भइरहेको उक्त क्षेत्रका पर्खालको काम सकिने लागेको छ भने भवनको मुख्य संरचनाको काम भईरहेको छ । करिब १६ करोडको लागतमा सेजको पर्खाल र भवन बनिरहेको आयोजनाले जानकारी दिएको छ । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा लगायतले अवलोकन गर्नुभएको थियो । पाँचखाल सेजको अवलोकन पश्चात अर्थमन्त्री खतिवडा अरनिको राजमार्ग अवलोकन गर्न तातोपानी जानुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter