• Tuesday, June 10, 2025

भूकम्पले ढालेका १४ हजार घरको पुनःनिर्माण

काठमाडौँ, पुस ६ गते । मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

जिल्लामा पहिचान भएका कूल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनःनिर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको सङ्ख्या १४ हजार १३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिनुभयो ।

प्रमुख केपीका अनुसार प्रबलीकरणमा भने मकवानपुरको प्रगति शून्य प्रायः छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्ने घरहरुमध्ये ०.०४ प्रतिशतमात्रै घर प्रबलीकरण भएका छन् । मकवानपुरमा प्रबलीकरणका लागि छनौट भएका लाभग्राही १२ हजार ९४६ मध्ये सात हजार ९७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेको र प्रथम किस्ता लिएकामा जम्मा तीन जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो ।

प्रमुख केपीका अनुसार मकवानपुरमा दुई हजार ७१९ वटा घर भने मापदण्ड विपरीत बनेका छन् । त्यस्तै जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानीमात्र जग्गा भएका भूमिहीन लाभग्राही सङ्ख्या तीन हजार ६७२ पहिचान भएको, तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनःनिर्माण प्रक्रिया प्रारम्भ गरेको र बाँकीले आफ्नै ऐलानी जग्गामा पुनःनिर्माण प्रक्रिया शुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका २८ जना लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५१६ वटा विद्यालयमध्ये भूकम्पका कारण ४०९ वटा विद्यालयका दुई हजार ३१० वटा कक्षाकोठा पूर्ण क्षति भएका थिए । त्यस्तै एक हजार ४५४ वटा कक्षाकोठाहरु आंशिकरूपमा क्षति भएका थिए ।

जिल्लामा आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत रहेर ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समितिमार्फत र विभिन्न सङ्घसंस्थाहरुमार्फत गरी तीनवटा प्रक्रियामा विद्यालय भवनहरु पुनःनिर्माण भइरहेको प्रमुख पाठकले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter