• Monday, April 14, 2025

फष्टाउँदै व्यावसायिक च्याउखेती

भीमदत्तनगर, पुस ११ गते । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् ।

तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । “गत वर्ष मात्रै हामीले करिब सात क्विन्टल च्याउ बिक्री ग¥यौँ”, कृषक समूहकी सचिव शान्ति चौधरीले भन्नुभयो, “च्याउबाट मुनाफा पनि राम्रै हुन्छ ।” गाउँका २८ जना समूहमा आबद्ध भएर सामूहिक च्याउखेती गरिरहेको बताउँदै चौधरीले अनुदान सहयोग मिलेपछि एक टनेल थप गरेर व्यवसायलाई विस्तार गरिएको बताउनुभयो । “गाउँमै दिनमा रु १८० प्रतिकिलो बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “च्याउका लागि बजारको कुनै समस्या छैन ।” उहाँले गाउँघर र नजिकैको बेलौरी बजारमा च्याउ बिक्री वितरण हँुदै आएको जानकारी दिनुभयो ।

त्यसैगरी उक्त समूहलाई च्याउ उत्पादनका लागि टर्नेल ९च्याउखेती गर्ने कच्ची घर० बनाउन कृषि ज्ञान केन्द्रले पनि रु ३४ हजार सहयोग गरेको थियो । बेलौरी नगरपालिका–५ का वडाध्यक्ष सेटुकुमार चौधरीले स्थानीय तहले पनि च्याउ उत्पादनका लागेका किसानलाई गत वर्षदेखि सहयोग गरिरहेको बताउनुभयो । “वडा कार्यालयबाट पनि यो वर्ष तीन क्विन्टल च्याउको बीउ, पराल काट्ने मेसिनलगायतको सहयोग भएको छ”, उहाँले भन्नुभयो, “दक्षिण क्षेत्रमै सबैभन्दा बढी च्याउखेती हाम्रो वडामा छ ।” उहाँले गाउँमा च्याउखेतीतर्फ किसानको आकर्षण बढिरहेको बताउँदै उत्पादन वृद्धि गरी लैजान सके नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले यहाँका स्थानीय तहका विपन्न समुदायका किसानको आयस्तर उकास्न गरिबी निवारण कोष र जीविकोपार्जन कार्यक्रमअन्तर्गत च्याउखेती गर्ने किसानलाई बिरुवा वितरण, टनेल निर्माण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा केही वर्षअघिदेखि च्याउखेतीमा आबद्ध गराउन १५ वटा कृषक समूहलाई सहयोग गरिएको कार्यक्रमका संयोजक राजकुमार सुनारले बताउनुभयो ।

“गत वर्षदेखि हामीले शुरुआत गरिदिएको कृषक समूहलाई यहाँको स्थानीय तहले पनि अनुदानलगायतको सहयोग गरिरहेको छ”, संयोजक सुनारले भन्नुभयो, “निम्न आयस्तर भएका समुदाय र लक्षित वर्गलाई सहभागी गराएर विभिन्न आयमूलक व्यवसायमा लगाइरहेका छौँ ।”

त्यसैगरी बेलौरी नगरपालिकाको वन्तरीयाका महिला किसान च्याउखेती सामूहिकरुपमा गरिरहेका छन् । च्याउखेतीको समूहमा आबद्ध मिना चौधरीले गत वर्ष एक क्विन्टल च्याउ बिक्री गरेको बताउनुभयो । बेलौरी नगरपालिका–३ पडावमा पनि कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट प्रस्तावमा आधारित च्याउखेती शीर्षकबाट त्यहाँका किसानले टर्नेल निर्माणमा ५० प्रतिशत अनुदान लिएर च्याउखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कञ्चनपुर र कैलालीमा दुई वटा शीर्षकमा अनुदान रकम आएको बताउँदै ५० प्रतिशत अनुदान सहयोगमा किसानले समूह र एकलरुपमा च्याउखेती गरिरहेको जानकारी दिनुभयो । “यहाँका किसानका लागि प्रस्तावमा आधारित च्याउखेतीमा समूह र एकल गरी १२३ जना किसान छनोट भएर काम गरिहेका छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि किसानलाई ५० प्रतिशत अनुदान दिन रु १५ लाख बजेट आएको थियो ।”

त्यसैगरी एकल महिलालाई च्याउखेतीमा लागेर आयमूलक व्यवसाय अँगाल्न रु १० लाख च्याउखेती गर्न अनुदान आएर किसान महिला छनोट भइसकेको प्राविधिक सहायक सिंहको भनाइ छ । “कञ्चनपुर र कैलालीका ६० जना एकल महिलालाई छनोट गरेर उहाँहरुले च्याउखेती थालिसक्नुभएको छ”, सिंहले भन्नुभयो, “पछिल्ला वर्षमा यहाँ च्याउ उत्पादन बढिरहेको छ । बजारमा च्याउको माग बढिरहेको छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter