• Friday, June 13, 2025

दक्षिण एशियाकै लामो महाकाली नदिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत

कञ्चनपुर, पुस १९ गते। दक्षिण एशियाकै लामो मानिएको महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मतको गरिएको छ ।

भीमदत्त नगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले खाम्पाचेर देवभूमि कन्सट्रक्सन डडेल्धुरालाई रु ५० लाखमा ठेक्का दिई जीर्ण झोलुङ्गे पुलको मर्मत कार्य पूरा गरिएको कन्स्ट्रक्शनका सञ्चालक डम्बरदत्त भट्टले बताए ।

उनका अनुसार पुलका २८८ वटा स्टिल डेक, ६० वटा आइबोल्ट र तारजाली फेरिएको छ ।

“पुलमा रहेका १२ वटा सेक्शनका नट बोल्ट फेर्नाका साथै सस्पेन्डरको मर्मत गरिएको छ । पुल जीर्ण बन्दै गएपछि ठाउँठाउँमा स्टिल डेकहरु टुटेका थिए । पुलमा लगाइएका नटबोल्ट खस्ँिकदा दुर्घटनाको सम्भावना बढ्दै गएको थियो ।

पुल मर्मत भएपछि सहज रुपमा आवतजावत गर्न सहज भएको चाँदनीका स्थानीयवासी रामबहादुर बुढाले बताए ।

मङसिर २१ गतेदेखि ठेकेदार कम्पनीले पुल मर्मतको कार्य शुरु गरेको थियो । डेढ दशकअघि निर्माण भएको पुल एक हजार ४५२ दशमलव ९९६ मिटर लम्बाइको रहेको छ ।

झोलुङे पुल सदरमुकाम भीमदत्तनगर ओहोरदोहोर गर्ने महाकाली नगरपालिकाका बासिन्दाको नदी पार गर्ने एकमात्रै माध्यम रहेको छ । हाल महाकाली नदीमा पक्की पुल निर्माणको कार्यसमेत शुरु गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter