• Thursday, June 12, 2025

नेपाल–चीन सम्बन्ध नयाँ आयामबाट जोड्न आवश्यक : शिक्षामन्त्री

काठमाडौँ, पुस २८ गते । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नराखेर आधुनिक समाजका लागि युवाहरूले नयाँ आयामबाट दुई देशको सम्बन्धलाई चिनाउनुपर्ने बताए ।

नेपाल–चीन पत्रकार समाजले आयोजना गरेको तीन महिने चिनियाँ भाषा प्रशिक्षण कार्याक्रममा मन्त्री पोखरेलले पत्रकारले चिनियाँ भाषा सिक्नु आजको आवश्कता भएको बताएका हुन् । ‘हामीले अंग्रेजी, चिनीयाँ लगायत आवश्यक सबै भाषा सिक्नुपर्छ तर नेपाली भाषालाई पनि सँगै लिएर जानुपर्छ । विश्वसामु पहिलो भएर उदाइरहेको चीनको भाषा सिक्नु सबैका लागि आवश्यकता भएको छ’ मन्त्री पोखरेलले भने ।

शिक्षामन्त्री पोख्रलले पर्यटन वर्ष २०२० लाई प्रभावकारी बनाउन भाषामा पनि ध्यान दिनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका रजिष्टार सुबोध शर्माले नेपालमा चिनिया भाषाको महत्व बढ्दै गएको बताए । भने, ‘घर–घरमा टेलिभिजन, चलचित्र हेर्नेहरू बढिरहेका छन् । चीन बुझ्न त्यहाँको संस्कृति बुझ्नुपर्छ । संस्कृति बुझ्न भाषा बुझ्न आवश्यक हुन्छ ।’

रजिष्टार शर्माले काठमाडौं विश्वविद्यालयमा चिनियाँ दार्शनिक कन्फ्युसियसको छुट्टै भवन निर्माणका लागि पहल भइरहेकाले यसमा नेपाल सरकारले आवश्यक पहल गरिदिन आग्रह गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले केही समय अघि चीन रहस्यको देशका रूपमा बुझिए पनि भाषाको समृद्धिका कारण चीन विश्वमै शक्तिशाली देश भएको बताए ।

‘चीनबाट नेपालमा धेरै भलाद्मी पर्यटकहरू आइरहेका छन् । साथै अपराधीहरू पनि आएका छन् । भाषाकै समस्याका कारण हामीले उनीहरूलाई चिन्न सकेका छैनौं । पत्रकारले चिनियाँ भाषा सिकेपछि सजिलै छुट्टाउन सकिन्छ ’ अध्यक्ष श्रेष्ठले भने । काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्सिच्युटका निर्देशक वाङ सेङ्गीले प्रशिक्षण अवधिभर दक्ष प्रशिक्षक र स्तरीय पाठ्यपुस्तक उपलब्ध गराइने बताए । आउँदै गरेको चिनियाँ नयाँ वर्ष खुलेर मनाउन उनले आग्रह गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter