• Tuesday, June 10, 2025

गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस र लोकसेवा तयारी कक्षा चलाउने

जुम्ला, पुस २९ गते । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस स्तरको डाक्टर पढाउने भएको छ । जुम्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले यस्तो उदाहरणीय कामको योजना तर्जुमा गरेको हो ।

त्यसैगरी बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्ट्री, कृषिलगायत स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

‘यहाँको साक्षरता प्रतिशत ४५ मात्र छ, यसलाई बढाउन गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको हो’, उनले भने, ‘यहाँ साक्षरता प्रतिशत कम र निरक्षर बढी भएकाले कुसंस्कार बढी हुने गर्छ । यही रोकथाम गर्न पनि यस्ता खाले कार्यक्रम ल्याइएको हो ।’

चालु आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृद्धिका लागि पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि ३ लाख बजेट गरी जम्मा ८ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

त्यसैगरी शाखा अधिकृत, नायब सुब्वा र खरिदारको पदको तयरी कक्षा पनि सञ्चालनमा रहेको उनले प्रस्ट पारे ।

उच्चशिक्षा छात्रवृत्ति अध्ययनका लागि गाउँपालिकाभरिका इच्छुक विद्यार्थीहरूबाट आवेदन संकलनको काम भइरहेको बुढ्थापाले जनाए ।

बिडिएसमा एक जना र अन्य गरी १० जनाको आवेदन आएको पनि उनले जानकारी दिए । गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमको कार्यविधि नै बनाएर काम सुरु गरेको गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter