• Thursday, June 12, 2025

पुरानो संसद् भवन पुनःनिर्माण गर्न विकास समितिको निर्देशन

काठमाडौँ, पुस २९ गते । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा पुनःनिर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिनुभएको हो ।

साविक मौलिकता रहने गरी भवन बनाउन उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन गरिएको बैठकमा जानकारी दिनुभयो । सिंहदरबारभित्रै भूकम्पले क्षति पुगेको भवन प्लास्टिक ओढाएर राख्दा पुनःनिर्माणकोका काम हुन नसकेको सन्देश गएकाले पुरानैस्वरुपमा नयाँ भवन बनाउनुपर्ने माग सांसदहरुले गर्नुभएको थियो । सांसद रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रङ्गमती शाही लगायतले भवन धरापमा नराखी के गर्ने हो छिटो निर्णय गर्न माग गर्नुभएको थियो ।

बैठकमा प्राधिकरणका सचिव शिवहरि शर्मा र शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नीतिगत निर्णय राजनीतिक नेतृत्वबाट हुनुपर्ने माग गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter