• Sunday, May 25, 2025

नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन : गृहमन्त्री थापा

काठमाडौँ, माघ २ गते । गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानूनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताउनुभएको छ । विसं १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवङ्गतको स्मृतिमा कामपाले आज यहाँ आयोजना गरेको स्मृतिसभामा गृहमन्त्री थापाले हुनुपर्ने बताउनुभयो ।

“कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्थाबाट बाँच्न र बचाउने उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो”, गृहमन्त्री थापाले भन्नुभयो । मन्त्री थापाले २०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणलाई सरकारले प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।

सभामा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विपत्बाट हुने क्षति कम गर्न र सचेतना बढाउन तथा विपत्ति आइपर्ने क्षति कम गराउने महानगरले वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको जानकारी दिनुभयो ।

भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेको भन्दै शाक्यले कामपाभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन पनि नक्सा स्वीकृत नगराई निर्माण गर्न गराउन नपाउने व्यवस्थालाई कडाइ गरिएको जानकारी दिनुभयो । कामपा विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडातहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीव्रता पाइरहेको बताउनुभयो ।

विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको हो । विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २२औँ दिवस हो । यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार’ रहेको छ ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter