• Thursday, June 12, 2025

चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौँ, चैत २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस बिरुद्धको लडाइँमा अघिल्लो पङ्तीमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्ने बताउनुभएको छ ।

मन्त्री ढकालले चिकित्सक र स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री अभाव हुनै नदिने प्रतिबद्धता व्यक्त गर्दै कोरोना बिरुद्ध लड्न नागरिकको साथ र सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मन्त्री ढकालले नेपाल भारत मानव विकास मैत्री संघ र एनएमबी युकेको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग ग्रहण गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री ढकालले भन्नुभयो, “नागरिका तर्फबाट प्राप्त हुने सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल अझ बढाउँछ ।” उहाँले विषम परिस्थितिमा पनि दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी काठमाडौँ बाहिर परीक्षण प्रयोगशालाहरू स्थापना गरिएको बताउनुभयो ।

उहाँले कोरोनाको विरूद्ध उच्च सतर्कता र सावधानीसाथ काम सरकारले गरिरहेको चर्चा गर्दै सबै मिलेर हातेमालो गर्दा नै कोरोनाबिरुद्ध सफलता हात लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रोगबाट जोगिन सकियो र नेपाली जनतालाई पनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिन्छ । अहिले हिलो छ्याप्ने काम बन्द गरौं ।”

एनएमबी युकेले चीनबाट ल्याएको सात सय थान र नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पीपीई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी युकेका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter