• Thursday, June 12, 2025

देशभर १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण

काठमाडौँ, चैत २४ गते । सरकारले देशभर विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण गर्न थालेको छ ।

काठमाडौं र धरानबाट केही अगाडिबाटै कोरोना भाइरस नमुना परीक्षण गरिरहेको सरकारले अहिले हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवाबाट पनि नमुना परीक्षण सुरु गरेको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौं उपत्यकामा १२ सहित देशभर एक सय सातजना आइसोलेसनमा रहेका छन् । त्यसैगरी देशभर नौ हजार एक सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौतासमेत भएको छ । राष्ट्रिय एम्बुलेन्स सेवाका पाँच, मन्त्रालयका चार र महानगरकाे एकसहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् ।

यसैबीच, नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पतालको अनुगमन गरेको छ । वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो । कोरोना भाइरससँग सम्बन्धित सेवाहरू र जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताए ।

सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालयअन्तर्गत ११औँ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिएको छ । प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र बुझाउन निर्देशन दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter