• Saturday, June 14, 2025

कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सकियो

काठमाडौं, चैत २५ गते । कोरोना भाइरस (कोभिड– १९) संक्रमित नेपालीको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९० प्रतिशत कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिए ।

संक्रमणको जोखिम उच्च भएका जिल्लाहरू कैलाली, कञ्चनपुर, ऱ्यापिड डायगोनिस्टिक टेस्टमार्फत परीक्षण सुरु गरिएकोसमेत उनले बताए । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उनले बताए ।

गत शनिबार एकैदिन तीनजना कोभिड– १९ को संक्रमित भेटिएपछि मंगलबारसम्म कुनै पनि संक्रमित नभेटिएको देवकोटाले जानकारी दिए ।

शनिबारयता दुई सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबारसम्म एक हजार चार सय ४१ जनाको परीक्षण गरिएको थियो । यस्तै मंगलबारसम्म एक हजार सात सय ९६ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । जसमध्ये नाैजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ भने एकजना उपचारपछि घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले उपचाररत आठजनाको स्वास्थ्य अवस्था समान्य रहेकोसमेत बताए ।

काठमाडौं उपत्यकाभित्र १६ जना र काठमाडौंबाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा नाै हजार दुई सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताए । यस्तै रेडजोनमा मंगलबार १७ जना थपिएर एक सय ७२ पुगेको उनले बताए । यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ व्यक्तिको नमुना संकलनसमेत भएको उनको भनाइ छ ।

वीरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरूका २६ जना स्वास्थ्यकर्मीहरूलाई कोभिड– १९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सकिएको उनले बताए ।

निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सरकारले आवश्यकताअनुसार परिचालन गरेर आ–आफ्नो तहअनुसार सुविधा दिने निर्णय गरेअनुसार काम अगाडि बढाइएको उनले जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter