• Friday, June 13, 2025

थप एक हजार ३५९ जना सङ्क्रमितसहित ४४ हजार २३६ पुग्याे; काठमाडौँ उपत्यकाका ४५४ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, भदौ १९ गते । नेपालमा एक हजार ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ४६४ महिलासहित एक हजार ३५९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४४ हजार २३६ पुगेको जनाइएको छ ।

सक्रिय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ९४२ रहेका छन् । हाेम आइसाेलेसनमा सात हजार ४६२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा एकहजार ३५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५८ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २५ हजार ५६१ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ५६१ रहेका छन् ।

काठमाडौँ उपत्यकाका ४५४ मा सङ्क्रमण पुष्टि

काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ४५४ जना सङ्क्रमितको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाका ४५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा सबैभन्दा बढी ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमितको पुष्टि भएको जानकारी दिनुभयो । यसअघि बिहीबार काठमाडाैँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ४४५ जना सङ्क्रमितको पुष्टि भएको थियो । नेपालमा हाल १८ हजार ४०४ जनामा कोभिड–१९ सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३५४ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter