• Saturday, June 14, 2025

कोरोना मिटर : आज १५ सय ६६ निकाे भएर डिस्चार्ज, थप एक हजार ४१ जना संक्रमित; उपत्यकामा ४०८ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ २० गते । पछिल्लो २४ घन्टामा देशभरिमा १५ सय ६६ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

यो अवधिमा १२ हजार चार सय ७३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमणुक्त हुने दर ६० प्रतिशत पुगेको छ ।

त्यसैगरी सक्रिय संक्रमितको संख्या अहिले १७ हजार आठ सय ७० छ ।

संक्रमतिमध्ये २४ जना भेन्टिलेटर र एक सय ६७ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उपत्यकामा ४०८ सङ्क्रमित थपिए

नेपालमा कोभिड–१९ का एक हजार ४१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट थप एक हजार ४१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये ३४९ महिला र ६९२ जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको छ ।

मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौँ उपत्यकाको तीन जिल्लामा ४०८ सहित देशभरि सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

हाल १७ हजार ८७० जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा १२ हजार ४७३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित निको भएर घर फर्केका छन् । प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ५६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । एकैपटक उच्च सङ्ख्यामा सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६० प्रतिशत पुगेको छ । हालसम्म २७ हजार १२७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter