• Saturday, June 14, 2025

थप ९७९ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४७ हजार २३६ पुग्यो; एकहजार ७३६ जना निकाे

काठमाडौँ, भदौ २२ गते । नेपालमा कोभिड–१९ का ९७९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेकाे हाे ।

प्रवक्ता डा. गौतमले निको हुन दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा एकहजार ७३६ जना निकाे भएका छन् ।

आइसाेलेसनमा १६ हजार २५९ रहेका छन् । क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् ।

२४ घण्टामा एक हजार ७३६ ले कोरोना जिते

राससका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिनुभयो । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् । काठमाडौँ उपत्यकामा ३२६ सहित देशभरमा ७९९ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ६४१ पुरुष र ३३८ महिला छन् । देशभरमा सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी नौ हजार २१८ नमूना परीक्षण भयो । हालसम्म सात लाख ७७ हजार ५६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेइन्टिनमा रहने चार हजार ७३९ छन् । देशभर १६ हजार २५९ सक्रिय सङ्क्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार १९० होम आइसोलेसनमा छन् । प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार ७३१, प्रदेश २ मा ४८२, बाग्मतीमा चार हजार ८४०, गण्डकीमा ८३६, प्रदेश ५ मा एक हजार ९७, कर्णालीमा ३३६ र सुदूरपश्चिममा ७४७ छन् । होम आइसोलेनमा प्रदेश १ मा ७९०, प्रदेश २ मा तीन हजार, बाग्मतीमा दुई हजार ३३४, गण्डकीमा एक सय, प्रदेश ५ मा ८०७, कणार्लीमा ४० र सुदूरपश्चिममा ११९ छन् ।

देशभर १७१ सङ्क्रमित आइसियुमा छन् । प्रदेश १ मा छ, प्रदेश २ मा २४, बाग्मतीमा १११, गण्डकीमा पाँच र प्रदेश ५ मा २१, कणार्लीमा तीन र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । बाग्मतीमा १८ र प्रदेश ५ मा दुई सङ्क्रमित भेण्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा देशरभका ४५ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् जसमा उदयपुर एक, झापा १६, पाँचथर छ, भोजपुर एक, मोरङ ३९, सुनसरी ६५ र सोलुखुम्बु एक रहेका छन् । धनुषा ४४, महोत्तरी तीन, सप्तरी १९, सर्लाही २० र सिराहा ४१, काठमाडौँमा २९३, ललितपुर २०, भक्तपुर १३, काभ्रेपलाञ्चोक २८, चितवन १९, दोलखा तीन, धादिङ चार, मकवानपुर ७३, सिन्धुपाल्चोक तीन र सिन्धुली एक सङ्क्रमित पुष्टि भएको छ ।

त्यस्तै कास्की ३०, गोरखा १८, नवलपरासी पूर्व १६, लमजुङ १५, तनहुँ छ, पर्वत एक, कपिलबस्तु दुई, गुल्मी आठ, प्युठान एक नवलपरासी दुई, पाल्पा पाँच, बर्दिया ४१, बाँके ४२ र रुपन्देहीमा ४१ सङक्रमित फेला परेका छन् । कालिकोट दुई, जाजरकोट एक, जुम्ला एक, दैलेख तीन, सुर्खेत १९, कञ्चनपुर सात, कैलाली तीन, बझाङ तीन र बाजुरामा एक सङ्क्रमित फेला परेका छन् । देशका ११ जिल्लामा सङ्क्रमित पाँच सय बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ ।

पाँच सय बढी रहेका जिल्लामा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । सङक्रमित शून्य जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला छन् । काठमाडौँ, वीरगञ्ज, धनगढी, बुटवललगायतका शहरमा सङ्क्रमण बढीरहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । दोस्रो चरणमा गरेको बन्दाबन्दी सकिनै लागेपनि सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रकोपको अवस्था र स्थानको आँकलन गरेर थप प्रभावकारी काम गर्नै विषयमा सम्बन्धित निकायबाट समन्वय र सहजीकरण हुँदै जानेछ ।”

काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं उपत्यकामा कोभिड–१९ का ३२६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३२६ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौंमा १०२ महिला र १९१ पुरुष, ललितपुरमा सात महिला र १३ पुरुष तथा भक्तपुरमा छ महिला र सात जना पुरुष छन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा नाँै हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter